२०८२ कार्तिक २२ गते शनिवार

दाङमा पहिलो पटक नियोलिंक इन्टरनेट सेवा सुरु

तुलसीपुर,भदौ १६ । दाङको तुलसीपुरमा नियोलिंक प्राइभेट लिमिटेड सञ्चालनमा आएको छ ।

जिल्लामै पहिलो पटक आफ्नै आइएसपीबाट सुरु गरिएको नियोलिंक प्राइभेट लिमिटेडको बुधवार एक कार्यक्रमका बिच नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका सल्लाहाकार सुरेश हमालले रिवन काटेर उद्धघाटन गरेका छन ।

सो अवसरमा उनले उपभोक्ताहरुलाई प्रभावकारी र सर्वसुलभ सेवा दिन आग्रह गरे ।

कार्यक्रममा सञ्चालक प्रकाश श्रेष्ठले जिल्लाबाट सेवा दिदै आइरहेका इन्टरनेट सेवा प्रदायकहरुका कारण दिनमा पटक–पटक इन्टरनेट डाउन भइरहने समस्या र प्राविधिकहरुको ढिलो सेवा प्रवाहका कारण उपभोक्ताहरु मारमा परेको हुनाले उक्त समस्यालाई न्युनीकरण गर्ने मुख्य उद्देश्यले नियोलिंक इन्टरनेट सेवा सुरु गरेको बताए ।

उनका अनुसार ७ जना युवाहरुको झन्डै २ करोड बराबरको संयुक्त लगानीमा इन्टरनेट सेवा सुरु गरिएको हो ।

त्यस्तै अर्का सञ्चालक सरोज पौडेलले उपभोक्ताहरुलाई चुस्त दुरुस्त रुपमा सेवा दिने जानकारी दिए ।

सेवालाई प्रभावकारी बनाउदै नेट विहिन भएका गाउँका उपभोक्ताहरुलाई पनि इन्टरनेटको पहुँचमा ल्याई सेवा दिने आफुहरुको लक्ष्य रहेको बताए ।

नियोलिंक प्राइभेट लिमिटेडको हाल एउटा मात्र शाखा छ । जुन सल्यान श्रीनगरबाट सेवा दिदै आएको छ ।

कार्यालयका अनुसार आगामी दिनहरु दाङसगै अन्य जिल्लाहरुमा पनि शाखा विस्तार गर्ने जनाएको छ ।

 

 

प्रकाशित मिति : २०७८ भाद्र १६ गते बुधवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *