२०८२ कार्तिक २१ गते शुक्रवार

राजमार्गमै भैंसी खाली बस्ने आहाल जस्तै खाडल

यात्रा कष्टकर र जोखिमयुक्त

लालमटिया, साउन ३२। शनिवार रातभर झरी प¥यो । त्यसले पूर्वपश्चिम राजमार्ग अन्तर्गत राप्ती गाउँपालिकाको पाखापानी क्षेत्रको सडक हिडिनसक्नु भयो ।

सडक खण्ड धान रोप्न लाएकको बन्यो । माछा मार्न लाएकको पोखरी सडकमै बनेको थियो । सवारी चालकहरुले सरकारलाई सराप्तै सडकका खाडलहरु छिचोल्दै थिए । उनीहरुले कम्ता सास्ति खेप्नु परेको थिएन ।

श्सस्त्र प्रहरी वेश क्याम्प नजिकै रहेको पाखापानी बजारको दृश्य भैंसी आहाल बस्ने जस्तै देखिन्थ्यो । यहाँ निर्माणको सयममा सडक अग्लधो बनाइएको थियो । पछि त्यहाँ विस्तारै बस्ति थपिदै गए । सडक वल्लो पल्लो किनारामा घरहरु थपिदै गए ।

घर धनिले सडक भन्दा माथि उचाईसम्म भवन बनाए । वरिपरी बाँध बाँधे जस्तै भयो । अनि पानी जम्मै सडकमै वग्ने नै भयो ।
भालुवाङदेखि लमहीसम्म पूर्वपश्चिम राजमार्ग खण्डमा यसरी नै सडकमा पानी जम्न थालेको हो । बस्ति बसेको स्थानमा माटो भर्दै गएपछि सडक नाला जस्तै बनेको छ । २५ किलोमिटर दुरीमा सयौं खाडलै खाडल छन् । त्यसले यात्रा कष्ठकर बनेको यातायात व्यवसायी तथा एवं चालक समेत रहेका भिमवहादुर डाँगीले बताए ।

‘हामी जव दाङ जिल्लाको राजमार्ग प्रवेश गर्छौं, धानखोलादेखि लमही हुंदै तुलसीपुरसम्मै यस्तै परिदृश्यहरु देखिन्छन् । एक पटक दाङ–काठमाडौंको यात्रा गर्दा बसको कुनै न कुनै पार्ट विग्रिएकै हुन्छ’, डाँगीले भने ‘हामीले सडक वोर्ड नेपाललाई तिरेको पैंसा कहाँ जान्छ कुन्नी ? ।’

डाँगी जस्तै गुनासो चालक मंगल नेपालीको पनि छ । उनीपनि दैनिक जसो दाङ–काठमाडौं गरिरहन्छन् । हायस चलाउँदा निकै सास्ति खेप्नु परेको नेपालीले बताए ।

‘अन्ततिर बिग्रे भत्केको सडक मर्मत र विस्तार भइरहेको हुन्छ, तर दाङमा बिग्रे भत्केको सडक मर्मत तत्काल मर्मत भएको पनि देखिदैन ।’

एक टिप दाङ–काठमाडांै गरेपछि गाडी अनिवार्य रुपमा ग्यारेजमा लैजानु पर्ने अवस्था आउने उनले बताए ।

‘सडकमा खाल्डै खाल्डा छन् । मज्जाले भैंसी आहाल बस्न मिल्छ,’ नेपालीले भने ‘बर्षातमा हिलाम्मे र हिंउदमा धुलाम्मे सडकमा गुड्नु पर्दा निकै कठिन हुन्छ ।’

पहिले सवै राजमार्ग र सहायक राजमार्ग जस्ता सडकको मर्मत संभार, सडक विस्तार लगायतका काम डिभिजन सडक कार्यालय मार्फत हुने गर्दथे । तर, पछिल्लो समय संघीयता कार्यान्वयन संगै राजमार्ग डिभिजन सडकको स्वामित्वमा राखिएको छ । त्यस्तै केही सहायक राजमार्ग प्रदेश सरकारको माताहतमा राखिएको छ ।

त्यस्तै केही सडक सघन शहरी विकाश कार्यालयको माताहत र भौतिक पुर्वाधार कार्यालयको माताहतमा राखिएको छ ।
त्यसैले सडकमा समस्या आउंदा कुनैपनि निकाय तत्काल अभिभावकत्व ग्रहण गर्न तयार हुँदैनन् ।

न त प्राविधिकहरु सडकमा उपलव्ध हुन्छन्, न त सडकमा खाल्डाखुल्डी पुर्ने सडक श्रमीकहरु नै । अनि खाडल कस्ले पुर्छ ? पुर्वपश्चिम राजमार्ग अन्तर्गतको धानखोलादेखि शिवखोला क्षेत्र, अमिलियादेखि तुलसीपुर हुंदै सल्यान सम्मको सडकको मर्मत संभार तथा स्तरोन्नतिको जिम्मा डिभिजन सडक कार्यालयलाई दिइएको छ । लमहीदेखि तुलसीपुर सम्मको पुरै सडक मर्मत तथा स्तरोन्नतिको जिम्मा फोर लेन सडक परियोजनालाई दिइएको छ ।

सहायक राजमार्गबाट गाउँहरु जोड्ने सडकहरु प्रदेश सडक कार्यालयको जिम्मामा रहेका छन् । दाङ जिल्लामा रहेका ग्रामिण सडकहरु भौतिक पूर्वाधार कार्यालयको माताहतमा छन् ।

लमही–कोइलाबास सडक खण्ड हुलाकी सडक परियोजनाको माताहतमा रहेको छ । घोराही–होलेरी सडक शहिद मार्ग परियोजनाको माताहतमा रहेको छ । तर, जुन सडक जसको जिम्मामा रहेको भनिएपनि ती सडकहरुले संरक्षकत्व पाएका छैनन् ।
पूर्व मेचीदेखि पश्चिम महाकाली जोड्ने एक मात्र महेन्द्र राजमार्ग भित्र पर्ने दाङको लमही–भालुवाङ सडक खण्ड ‘धराप’ मार्गमा परिणत हुँदै जान थालेको छ ।

सिसहनियाँदेखि लमही सम्मको सडक कालोपत्रे भएर सुधार आएपनि पहरुवादेखि भालुवाङ सम्मको सडक मर्मत नहुँदा ठूलठुला खाडल बनेका छन् ।

लुम्बिनी प्रदेशको स्थायी राजधानी क्षेत्रको सडकको यो दुर्दशाले सवारी चालक र स्थानीयले निकै सास्ति खेप्नु परेको छ ।
ठूल–ठूला खाडल पानी पर्दा भैंसी बस्ने आहाल जसतै बन्न पुग्छन् । जसले गर्दा दूर्घटना बढाउने गर्छ ।

प्रदेश सरकार र स्थानीय सरकारसहित सडक डिभिजन कार्यालयले समयमै सडक मर्मतमा ध्यान नदिदा यात्रा जोखिम पूर्ण र कष्टकर बन्न पुगेको छ ।

जहाँ दैनिक हजारौ साना ठूला गाडीहरु आहोर दोहोर गरि रहन्छन् । सडक डिभिजन कार्यालय दाङले कालोपत्रेका नाममा कमसल काम गर्ने गरेका कारण कालोपत्रे भएको वर्ष दिन नपुग्दै सडकमा खाल्डाखुल्डी पर्ने गरेको आलोचना हुने गरेको छ ।

‘सवै सडक क्षत विक्षत भएपछि हामी लाई नै ताकेता गर्ने गरिएको छ । पछिल्लो समयमा हाम्रो जिम्मेवारी खुम्चिएको छ । हाल हामीले हेर्ने भनेको पुर्वपश्चिम राजमार्गको धानखोलादेखि पश्चिम शिवखोला सम्म र अमिलियादेखि तुलसीपुर हुंदै सल्यान रुकुम सम्म मात्रै हो’, डिभिजन सडक कार्यालय घोराहीका डिइ निरज शाक्यले भने ।

उनले आफ्नो कार्यक्षेत्रमा रहेको सडक मर्मत बर्षात सकिए लगत्तै मर्मत गर्ने बताए । सो क्षेत्रमा असार महिना यता मात्रै सडक बिग्रिएको उनले बताए ।

सुरुमा सडक निर्माण गर्दा जमिनको सतहभन्दा निकैमाथि सडक बनाएको र पछिल्लो समयमा बस्ति विकास हुंदै जाँदा दुवै किनारामा फिलिङ गरिदै आएपछि बर्षातको सवै पानी सडकमै वग्ने गरेपछि समस्या देखिन थालको पनि उनले बताए ।
सडक किनारामा भवन बनाउनेहरुले वाईपास नाला बनाउने प्रबृत्ति नहुंदा सडकनै नाला बन्दै आएको उनले तर्क गरे ।

फोर लेनको बिजोग
बर्षातको समयमा तुलसीपुर– घोराही फोरलेन सडकको झनै विजोक भएको छ । सडकका वल्लो पल्लो किनारा दिनदिनै बर्षातका कारण भत्कंदै आएपनि ती किनारामा माटो भर्ने सडक श्रमिकहरु समेत छैनन् ।

यस अघि डिभिजन सडकले मासिक पारिश्रमिक दिएर सो सडकमा सडक श्रमिकलाई काम लगाउंदै आएको थियो । तर, हाल उक्त सडकको स्वामित्व फोरलेनमा गाभिएसंगै मज्दुरपनि उसैमा हस्तान्तरण भएको छ । फोरलेन सडक परियोजना र निर्माण कम्पनी दुवैले श्रमिकलाई पारिश्रमिक दिन नमानेपछि श्रमीकले काम छोडेका हुन ।

‘सडक स्तरोन्नतिको क्रममा रहेकाले श्रमिकको भुक्तानी निर्माण कम्पनीले नै दिनुपर्ने सर्त हो । सडक काम पुरा भएर सरकारलाई हस्तान्तरण गरेपछि मात्रै सडक श्रमीकको व्यवस्थापन परियोजनाले गर्ने छ,’ फोरलेन सडक परियोजनाका डिइ पारश हमालले भने ।

तर, यहाँ त परियोजनाका आधिकारिक प्रतिनिधिहरु विगत एक बर्षदेखि सडक स्तरोन्नतिको काममा छैनन् । जसका कारण सडक दिनदिनै जिर्ण र जोखिम युक्त बन्दै गएको छ ।

चारलेन सडकको यस्तो हबिगत हुंदा समेत कुनैपनि जनप्रतिनिधि तथा स्थानीय सरकारका प्रतिनिधिहरुले एक शव्द पनि आवाज उठाउन सकेका छैनन् । तर, पछिल्लो समय हालसालै सरुवा भएर आएका प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुम्वाङले फोरलेनको काम केही दिन भित्रै सुरु गर्न नर्माण कम्पनिका प्रतिनिधिलाई तोकता गर्दै आएका छन् ।

सबै तस्बिर – तिर्थराज ज्ञवाली ।

प्रकाशित मिति : २०७८ साउन ३२ गते सोमवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *