२०८२ कार्तिक २९ गते शनिवार

लुम्बिनी प्रदेश सभाका जसपाका तीन पूर्वसांसदले दायर गरेको रिटमाथि सुनुवाई हुँदै

बुटवल,साउन २५ । लुम्बिनी प्रदेश सभाका जनता समाजवादी पार्टीका तीन जना पूर्वसांसदले सांसद पदमा पुनर्वहालीको माग गर्दै दायर भएको रिटमाथि सर्वोच्च अदालतमा सुनुवाई भइरहेको छ ।

न्यायाधीश ईश्वर खतिवडाको एकल इजलासमा मुद्दामाथि सुनुवाई भइरहेको हो ।

निर्वाचन आयोगले उपेन्द्र यादव पक्षलाई जसपाको आधिकारिकता दिएपछि पार्टिको निर्णयविपरित सरकारमा सहभागी भएको भन्दै केन्द्रिय समितिले निर्णय गरी सांसदहरु विजयबहादुर यादव, सन्तोषकुमार पाण्डेय र कल्पना पाण्डेयलाई कारवाही गरेको थियो ।

तर, मन्त्रीत्रयको सांसद पद सर्वोच्च अदालतकै अन्तरिम आदेशबाट पुनर्बहाली भएको र मुद्दा चलिरहेकाले अहिलेको कारबाही गैरकानुनी भन्दै उनीहरू सर्वोच्च पुगेका थिए ।

सर्वोच्चको आजको आदेशले मुख्यमन्त्री शंकर पोखरेलको सरकारको भविष्य निर्धारण हुने भएकाले महत्वका साथ हेरिएको छ ।

प्रकाशित मिति : २०७८ साउन २५ गते सोमवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *