दाङ, साउन २० । गौबधको अभियोगमा डेढ बर्ष कैद फैसला तोकिएका घोराहीका एक युवक पक्राउ परेका छन ।
घोराही उपमहानगरपालिका वडा नं.५ का १९ बर्षीय बिमल बिटालुलाई दाङ देउखुरी जिल्ला अदालतले गत बर्ष माघ २० गते एक बर्ष ६ महिना कैद फैसला सुनाएको थियो ।
जिल्ला प्रहरी प्रबक्ता डिएसपी मुकुन्दप्रशाद रिजालले त्यसपछि फरार रहँदै आएका बिटालुलाई मंगलबार बेलुका साढे ५ बजे घोराहीबाटै पक्राउ गरिएको जानकारी दिए ।
गाउँ घरमै लुकिछिपी बसेका उनलाई पक्राउ पछि बुधबार अदालतमा उपस्थित गराइएको थियो ।
अदालतको आदेशमा बिटालुलाई तोकिएको सजाय भुक्तानिका लागि कारागार चलान गरिएको डएसपी मुकुन्दप्रशाद रिजालले जानकारी दिए ।
प्रकाशित मिति : २०७८ साउन २० गते बुधवार