२०८१ जेष्ठ ३० गते बुधवार

बितेको ४ बर्षमा तुलसीपुरको सफलता किताबमा

तुलसीपुर,साउन १४ ।तुलसीपुरमा जनप्रतिनिधि निर्वाचित भएकोे ४ वर्ष पुरा भएको सन्दर्भ पारी तुलसीपुर उपमहानगरपालिकाले पुस्तक बिमोचन गरेको छ ।

बिहीवार आयोजित बिमोचन कार्यक्रममा विगत ४ वर्षमा भएका कामको संगालो “समृद्ध तुलसीपुर” पुस्तक बिमोचन गरिएको हो ।

बिमोचित पुस्तकमा चार बर्षमा भए गरेका महत्वपूर्ण कार्यहरु समावेश गरिएको छ ।

जसमा जिल्लाका नाम चलेका पत्रकारहरुले फिचरहरु लेखेका छन ।

कार्यक्रममा नगरप्रमुख घनश्याम पाण्डेले सिंहदरवारको सरकारलाई गाँउगाउमा ल्याएर सबैका लागि सिकाई हुने र तुलसीपुरलाई चिनाउने नमुना कामहरु गरेको बताए ।

उनले बिकासको बहुआयामिक पक्षलाई समेटेर शिक्षा, स्वास्थ्य, वन, बातावरण, समाजिक न्याय, भौतिक पूर्वाधार लगाएतका विभिन्न क्षेत्रमा जनताको मन जित्नेगरी कार्यहरु अघि बढाएको दाबी गरे ।

समृद्ध र समुन्नत तुलसीपुर निमार्णको सपना पुरा गर्न लागेको बताउँदै उनले तुलसीपुर मेट्रो कलेज,मेट्रो अस्पताल,आधुनिक वसपार्क,नमुना अटोभिलेज,तुलसीपुर तरकारी तथा फलफुल बजार केन्द्रदेखि सुत्केरी भत्ता, विकट वडामा एम्बुलेन्स सेवा,वडा कार्यालयबाटै सबैखाले सेवा प्रदान,छोरीहरुलाई सशक्तिकरणका लागि स्मार्ट छोरी कार्यक्रम,जनताको जीवनस्तर उकास्न र कृषि क्षेत्रमा उत्पादन बृद्धि गर्नका लागि प्रयासहरु सार्थक बन्दै गएको मेयर पाण्डेले बताए ।

कार्यक्रममा प्रेस काउन्सिलका सदस्य शरद अधिकारीले संघीयता कार्यान्वयनमा तुलसीपुर अगाडि रहेको र यस यो बीचमा गौरवपुर्ण कामहरु गरेको भन्दै प्रसंसा गरे ।

उपप्रमुख माया शर्माको अध्यक्षतामा भएको कार्यक्रममा समिक्षा गर्दै नेपाल पत्रकार महासघं दाङका अध्यक्ष दुर्गालाल केसी, तुलसीपुर मेट्रो कलेजका प्रध्यानाध्यापक बसन्त आचार्यले र अधिकारकर्मी सुष्मा गिरीले वितेको ४ वर्षमा उपमहानरपालिकाले गरेका उल्लेखनीय कामहरु समावेश गरेर पुस्तक बिमोचन गरेको भन्दै खुसी व्यक्त गरे ।
उपमहानगरपालिकाले वितेका ४ वर्षमा विमानस्थल सञ्चालन देखि मेट्रो कलेज स्थापना सम्मका महत्वपुर्ण कामहरु गरेको बताए ।

स्मार्ट छोरी अभियान,मेट्रो कलेज,सुत्केरी भत्ता,खरको छानो,मोतियाबिन्दु,जहाजको सपना जस्ता महत्वपुर्ण कामहरु भएको भन्दै उनीहरुले तुलसीपुरलाई नेपालकै नमुना र स्मार्ट सिटी बनाउन मद्दत पुग्ने बताए ।

कार्यक्रममा नेकपा एमाले दाङका सचिवालय सदस्य बिनोद शर्मा,नेपाली कांग्रेसका क्षत्रीय सभापति जगत खड्का, राष्ट्रिय जनमोर्चाका शुक्रराज भण्डारी, नेकपा माओवादी केन्द्रका सेशुराम भण्डारी,जनता समाजवादी पार्टीका जिवन भण्डारीले पुस्तकले तुलसीपुरलाई चिनाउन महत्वपुर्ण भुमिका खेल्ने बताउँदै आगामी दिनमा संविधानले परिकल्पना गरे अनुसार काम गर्नुपर्नेमा जोड दिए ।

उनीहरुले समृद्ध समाज निमार्णका लागि निजी स्वामित्वको अन्त्यसगै सरंचनात्कम सुधार गरेर अर्थनिनिलाई बलियो बनाउन सकेमा मात्र तुलसीपुरलाई स्मार्ट सिटीका रुपमा चिनाउन सकिने बिस्वास व्यक्त गरे ।

उपमहानगरपालिकाका प्रसासकीय अधिकृत भाष्करराज गौतमको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको सहजिकरण प्रवक्ता श्याम डाँगीले गरेका थिए ।

प्रकाशित मिति : २०७८ साउन १४ गते बिहिवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *