२०८१ चैत्र १४ गते बिहिवार

रेड पाण्डाको छाला र टल्कने ढुँगासहित २ ब्यक्ति पक्राउ

तुलसीपुर, असार ३० । दुर्लभ बन्य जन्तु दाङमा रेड पाण्डाको छालासहित दूई ब्यक्ति पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा सुर्खेत जिल्लाको भेरीगंगा नपरपालिका वडा नं. ८ का ५६ बर्षीय नरबहादुर बस्नेत र जाजरकोट जिल्लाको जुनीचाँदी गाउँपालिका वडा नं. ७ का ४८ बर्षीय डिलबहादुर रावत रहेका छन् ।

प्रहरीका अनुसार बुधबार बिहान ८ बजेतिर घोराही उपमहानगरपालिका वडा नं. १६ गरुवाबाट उनीहरुलाई पक्राउ गरिएको हो ।

प्रतिबन्धित रेड पाण्डाको छाला बिक्रि बितरण भइरहेको भन्ने गोप्य सूचनाका आधारमा उनीहरुलाई पक्राउ गरिएको जिल्ला प्रहरी प्रबक्ता डिएसपी मुकुन्द रिजालले बताए ।

उनीहरुको साथबाट नङग्रासहितको टाउकोदेखि पुच्छर सम्मको लम्बाई २ फिट १० इञ्च रहेको एउटा रेड पाण्डको छाला र काईनेटिक (टल्कने ढुँगा) सानो ठूलो गरि ३२ बटा बरामद भएको जिल्ला प्रहरी प्रबक्ता रिजालले जानकारी दिए ।

पक्राउ परेका दुबै जनामाथि आवश्यक अनुसन्धान गर्न बाँकी रहेको प्रहरीले जनाएको छ ।

 

प्रकाशित मिति : २०७८ असार ३० गते बुधवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *