२०८३ बैशाख १५ गते मङ्गलवार

प्रतिष्ठानमा मुटुको शल्यकृया शुरू


तुलसीपुर, बैशाख १५ ।
घोराही स्थित राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा मुटु रोगको उपचार सुरु भएको छ ।
प्रतिष्ठानमा फिजिसीयन तथा मुटु रोग विशेषज्ञ डा. दिनेश उप्रेती आएपछि त्यो उपचार सुरु भएको हो ।
प्रतिष्ठान अब इन्टरभेन्सनल कार्डियोलोजी सेवा सुरु गर्न सक्षम रहेको उनले बताए ।
सेवाको सुरुवात कोरोनरी एन्जियोग्राफी तथा आकस्मिक पेरिकार्डिया ेसेन्टेसीसबाट गरिएको डा. उप्रेतीले बताए ।
दाङमा पहिलो पटक प्रतिष्ठानमै एन्जियोग्राफी कोरोनरी सेवा सुरु भएको हो ।
मुटुको रक्तनलिलाई हेर्ने बिधी भित्र कोरोनरी एन्जियोग्राफी सेवा पर्दछ । यो प्रबिधिबाट मुटुको रक्तनलिमा रोग छ कि छैन भनेर पत्ता लगाउन सहयोग मिल्छ ।
उनले मुटु उपचारका लागि अरु थप उपकरण आए हर्ट अट्याक भएर आउने बिरामीको एन्जियो प्लास्टीक गर्न सकिने बताए । क्याथेल्याब मेसिन आइसकेकाले मुटुको उपचारमा थप सहजता हुने उनले जानकारी दिए ।

प्रतिष्ठानमा मुटुको इको सेवा पनि सन्चालनमा छ । मुटु रोगको उपचारका लागि थप उपकरण आउने प्रकृयामा रहेको प्रतिष्ठानका निमित्त उपकुलपति तथा रजिस्ट्रार प्रा. श्याम लम्सालले बताए ।

प्रकाशित मिति : २०८३ बैशाख १५ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *