२०८३ जेष्ठ १२ गते मङ्गलवार

हुरीले ढालेको रुखले लागेर दुई महिलाको मृत्यु


दाङ, जेठ १२ ।
रोल्पामा हावा हुरीले ढालेको रुखले लागेर दुई जना महिलाको मृत्यु भएको छ । जिल्लाको थवाङ गाउँपालिका – २ हेलोवाङकी ६० बर्षीया रुजु झाँर्की र सोही ठाउँकी ५० बर्षीया मनबुजी झाँर्कीको हावा हुरीले ढालेको रुखले लागेर मृत्यु भएको हो ।
रुजुको घटनास्थलमै र गम्भीर अवस्थाकी मनबुजीको थवाङ आधारभूत अस्पतालको उपचार पछि थप उपचारका लागि कास्कीको पोखरा तर्फ लाने क्रममा मंगलबार बिहान साढे २ बजेतिर बाटोमा मृत्यु भएको रोल्पा प्रहरीले जानकारी दिएको छ ।
उनीहरु दुबै जनालाई थवाङ आधारभूत अस्पताल बाट बिरामी भेटेर घरतर्फ फर्किने क्रममा सोमबार बेलुकी पौने ८ बजेतिर हावाहुरीसहितको पानी पर्दा बाटोमाथि बाट उत्तिसको रुख ढालेपछि च्यापेको थियो ।
इलाका प्रहरी कार्यालय थवाङका प्रहरी प्रमुख प्रहरी निरीक्षक रामचन्द्र बगालेका अनुसार सूचना पाउना साथ बेलुकी सवा ८ बजेतिर प्रहरी पुगी उद्धार पछि अस्पताल पुर्‍याएको थियो ।

प्रकाशित मिति : २०८३ जेष्ठ १२ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *