२०८३ जेष्ठ ६ गते बुधवार

नगरपालिकाले १० हजार क्षतिपूर्ती दियो धमिलालाई

दाङ, जेठ ६ ।
सर्खेतको वीरेन्द्रनगर नगरपालिकाले सकडमा ब्यापार गर्ने एक महिलालाई दश हजार क्षतिपुर्ती दिएको छ ।
नगर प्रहरीले काफल सडकमा फालिदिए पछि कालिकोट घर भइ हाल सुर्खेतको वीरेन्द्रनगर नगरपालिका – ३ मा बस्दै आएकी ३२ बर्षीया धमिला चौलागाईलाई कार्यालयमै बोलाएर दश हजार क्षतिपुर्ती उपलब्ध गराएको हो ।
मेयर मोहनमाया ढकाल (भण्डारी) ले पीडित चौलागाइलाई नगरका कर्मचारी लगाएर खोजेर कार्यालयमा ल्याउन लगाएकी थिइन । मेयर ढकालले चौलागाइलार्य क्षतिपुर्ती बाफत दश हजार रुपैंया प्रदान गरेको बताइन ।

चौलागाइले नगर प्रहरुीले आफ्नो सात हजार पाँच सयको काफल सडकमा फालिदिदा नष्ट भएको बताएकी थिइन ।
मेयरले उनले भनेको भन्दा बढी रकम प्रदान गरेकी हुन ।
चौलागाइ माथि दुब्र्यबहार गर्ने नगर प्रहरीलाई बिभागिय कायरबाही गरिने प्रमुख प्रशासकीय अधिकृत लक्ष्मीप्रशाद बास्कोटाले बुधबार सार्वजनिक रुपमै बक्तब्य मार्फत जानकारी दिएका छन् ।

सडकमा काफल बेच्न बसेकी चौलागाई माथि भएको दुब्यर्बबहार बारे भिडियो सार्वजनि भएपछि त्यसको चौतर्फी आलोचना भएको थियो ।

प्रकाशित मिति : २०८३ जेष्ठ ६ गते बुधवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *