२०८१ असार ३ गते आइतवार

जो, लकडाउनमा पनि दैनिक हजारौंको मासुको ब्यापार गर्छन


तुलसीपुर, जेठ ३० । तुलसीपुरको ‘ग’ लाईन स्थित बिकल्प मिट्सले कलडाउनको समयमा पनि होम डेलिभरी मार्फत दैनिक हजारौंको व्यापार गर्दै आएको छ । जिल्लाकै पहिलो अत्याधुनिक मासु पसल सञ्चालन गर्दै आएका युवा हरिश गिरीले लकडाउन यता ग्राहकको फोनको आधारमा होम डेलिभरी सर्भिस दिदै आएको बताए ।

उनले लकडाउनको समयमा पनि दैनिक १५ देखि २० हजारसम्मको फ्रेस तथा फ्रोजन मासु बिक्रि हुने गरेको जानकारी दिए ।
झन्डै ४५ लाख खर्चेर उनले तीन महिना अगाडि मात्रै तुलसीपुरको ‘ग’ लाइनमा जिल्लाकै पहिलो अत्याधुनिक मासु पसल सञ्चालनमा ल्याएका थिए । लकडाउन हुनु भन्दा पहिले दैनिक ३० देखि ४० हजारसम्म कारोबार हुने गरेको गिरीले बताए ।‘लकडाउने हामीलाई असर त अबस्यपनि पुगेको छ,’ गिरीले भने ‘तर यो बीचमा पनि होम सर्भिसले हामी बाँच्ने आधार भने दिएको छ ।’

बिकल्प मिट्समा कुखुराको भुत्ता फाल्नेदेखि, काट्ने, प्याकिङ गर्ने जस्ता जम्मै कामहरु मेसिन मार्फत हुने गरेको छ । खसी तथा कुखुरा काट्ने काम सबै अत्याधुनिक मेसिनबाट हुने हुँदा आफुहरु कहाँ पाइने मासु सत प्रतिसत शुद्ध र सफा हुने गिरीले बताए ।
त्यस्तै विबकल्प मिट्सले फ्रोजन मिट तथा सि फूडहरुपनि बाहिरकै मूल्यमा बिक्रि गर्ने गरेको सञ्चालक गिरीले जानकारी दिए ।

गिरीका अनुसार नेपालगञ्जमा हालसालै एकजना ब्यक्तिले आफुले जस्तै अत्याधुनिक मासु पसल सञ्चालनमा ल्याएको भएपनि उस्ले फ्रोजन मिट, पकाएको मासु र मःम बिक्रि नगर्ने बताए । त्यो बाहेक पुरानो मध्यपश्चिमका बुटवल लगाएत अन्त कुनैपनि जिल्लाहरुमा आफ्नो जस्तो अत्याधुनिक मासु पसल कतै नरहेको दाबी गरे ।

गिरीले मासु पसलका लागि आवश्यक कटिङ, चपिङ, ¥यापिङ, फ्रोजिङ जस्ता मेसिनहरु चीन तथा भारतबाट खरिद गरेर ल्याएको जानकारी दिए ।

प्रकाशित मिति : २०७८ जेष्ठ ३० गते आइतवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *