२०८१ बैशाख ७ गते शुक्रवार

सोना सिमेन्टले अबदेखि दैनिक २० सिलिण्डर अक्सिजन निशुल्क रुपमा दिने

तुलसीपुर, बैशाख ३० । तुलसीपुरको दुधरासस्थित सोनापुर सिमेन्ट्स उद्योगलेले दैनिक रुपमा अक्सिजन सिलिण्डर निशुल्क रुपमा उपलब्ध गराउने भएको छ । कोरोना संक्रमणका कारण अस्पतालहरुमा अक्सिजनको चरम अभाब भएपछि उद्योगले दैनिक २० वटा अक्सिजन सिलिण्डर जिल्लाका अस्पतालहरुलाई निशुल्क उपलब्ध गराउने निर्णय गरेको छ ।

सोनापुर मिनरल्स एण्ड आएल प्रालिका महाप्रवन्ध हरि पाठकले कम्पनिको बिहीवारको निर्णय अनुसार बिहीबारदेखि नै जिल्लाका बिभिन्न अस्पतालहरुमा अक्सिजन उपलब्ध गराउने क्रम सुरु हुने जानकारी दिए ।

बिहीबारका लागि नेपालगन्जदेखि बेलुकी २० सिलिण्डर अक्सिजन बोकेर गाडी आइरहेको हुँदा अबको केही बेरमै अक्सिजन आइपुग्ने उनले बताए । पाठकले भने ‘ अब प्रत्यक दिन साँझ ८ बजे भित्रै उद्योगले २० सिलिण्डर अक्सिजन यहाँका अस्पतालहरुलाई सित्तैमा उपलब्ध गराउने छ ।’

अक्सिजन अभाबका कारण कुनैपनि बिरामी मृत्युको मुखमा पुग्न नपरोस भन्ने उदेश्यका साथ उद्योगले सिलिण्डर अक्सिजन दैनिक रुपमा उपलब्ध गराउने निर्णय गरेको पाठकले बताए ।

प्रकाशित मिति : २०७८ बैशाख ३० गते बिहिवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *