२०८१ मङ्सिर १८ गते मङ्गलवार

काठमाडौँका थिएटरहरुमा थारू नाटक


दाङ, पुस ५ गते ।
निकै कम संख्यामा मात्र काठमाडौँ लगायत देशका अन्य थिएटर हलहरुमा मञ्चन हुने थारू भाषाका नाटकहरुले यसपटक भने निरन्तरता पाउन थालेका छन् । काठमाडौँको सर्वनाम थिएटरमा पुस ६ गतेदेखि थारू भाषाको नाटक “करोट” मञ्चन हुँदैछ भने सिल्पी थिएटरमा थारू भाषाकै अर्को नाटक “हिट्वा” पनि मञ्चन हुने तयारीको अन्तिम चरणमा पुगेको छ ।

ख्याल बगालको प्रस्तुति तथा थारू फिल्मस् प्रोडक्सनको सहआयोजना र प्रणव आकाशको लेखन÷निर्देशनमा मञ्चन हुन लागेको नाटक “करोट”मा मिलेर बसेको घरपरिवार र थारू समुदायको आम जीवनशैलीलाई रोचक बनाई मध्यमस्तरको परिवारमा सामान्य लालचले ल्याउने परिवर्तन र त्यसबाट हुन सक्ने क्षतिलाई कथाको मुख्य विषयवस्तु बनाईएको छ ।

काठमाडौँमा अध्ययनसँगै थारू भाषाको उत्थान र प्रवद्र्धनका लागि विभिन्न साहित्यका विधाबाट आफूलाई अगाडि बढाईरहेका निर्देशक प्रणव आकाश आफैले लेखन÷निर्देशन गरेको नाटकले डगौँरा थारू भाषा र ठेट थारू शब्द÷लवजको प्रवद्र्धनमा टेवा पुग्ने विश्वास लिएका छन् । नाटकमा इन्द्र चौधरी, सुनिता चौधरी, दिपक पछल्डङ्ग्या, भूमिका थारू, शान्ति चौधरी, निरज चौधरी, बाबु चौधरी, उर्मिला चौधरी र लक्ष्मी चौधरीको अभिनय रहने छ ।

नाटक “करोट”को काठमाडौँमा मञ्चपछि माघ महिनामा दाङमा पनि मञ्चन गरिने तयारी गरिरहेको निर्देशक प्रणव आकाशले बताए । यसअघि पनि प्रणवले सुशिल चौधरीद्वारा लिखित थारू भाषाको नाटक “भुरभुरा रहर”को सर्वनाम थिएटरमा नै सफल मञ्चन गरिसकेका छन् । नाटक भुरभुरा रहर अहिले थारू फिल्मस् प्रोडक्सनको प्रस्तुतिमा मदन चौधरीको निर्देशनमा चलचित्रका रुपमा निर्माणको सम्पूर्ण काम सकेर रिलिजको तयारीमा छ ।

यस्तै शान्तिका लागि युवा सञ्जाल बर्दियाको उत्पादनमा सिल्पी थिएटर र सैडान नाट्य समूहको संयूक्त प्रस्तुतिमा सिल्पी थिएटर काठमाडौँमा यसै पुस रमहिनाभित्र मञ्चन हुने थारू भाषाको नाटक “हिट्वा”लाई झकेन विसीले निर्देशन गरेका छन् भने सुशील चौधरीले लेखेका हुन् । नाटक हिट्वामा समग्र थारू जातिको सोझोपन, छलकपट नजान्ने साँस्कारिक परिवेशलाई झल्काउन खोजिएको छ । नाटक हिट्वा यसअघि बर्दियाको राजापुर बजार र गेरुवा गाउँपालिकामा सफल मञ्चन गरिसकिएको छ ।

प्रकाशित मिति : २०७५ पुष ५ गते बिहिवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *