२०८३ जेष्ठ २१ गते बिहिवार

दमारगाउँका बरुण गुरुङ ब्राउन सुगरसहित पक्राउ


तुलसीपुर, जेठ २१ ।
तुलसीपुरका एक युवा लागु औषध ब्राउन सुगरसहित पक्राउ परेका छन् ।

तुलसीपुर उपमहानगरपालिका – ३ दमारगाँउका २७ बर्षीय बरुण गुरुङ १ ग्राम ९६० मिलीग्राम ब्राउन सुगरसहित पक्राउ परेका हुन ।
जिल्ला प्रहरी प्रबक्ता डिएसपी डा. हेमबहादुर केसीका अनुसार उनी घरबाटै पक्राउ परेका हुन । गुरुङले आफ्नै घर बाट लागु औषध बिक्री बितरण गरिरहेको भन्ने गोप्य सूचनाका आधारमा इलाका प्रहरी कार्यालय तुलसीपुर बाट खटिएको प्रहरी टोलीले उनलाई जेठ १९ गते पक्राउ गरेको थियो ।
जिल्ला अदालतबाट म्याद थप भइ प्रहरी हिरासतमा रहेका गुरुङ माथि आवश्यक अनुसन्धान भइ रहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : २०८३ जेष्ठ २१ गते बिहिवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *