२०७८ बैशाख ४ गते शनिवार

एकताको पक्षमा नहुने नेतालाई भोट नदिने अभियान चलाउँदै छाैँ : नेता गाैतम

काठमाण्डौ,फागुन २० । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का उपाध्यक्ष वामदेव गौतमले प्रचण्ड–माधव पक्ष र ओली पक्षको दोस्रो तहका नेताहरूलाई एकताबद्ध गरी अभियान अगाडि बढाउने बताएका छन ।

बिहीवार कोभिड–१९ (कोरोना भाइरस) विरुद्धको खोप लगाउन निजामती अस्पताल बानेश्वर पुगेका गौतमले सञ्चारकर्मीसँग कुरा गर्दै पुष्पकमल दाहाल प्रचण्ड–माधवकुमार नेपाल पक्ष र केपी शर्मा ओली पक्षका दोस्रो तहका नेताहरूलाई एकताबद्ध गरी पार्टी एकताको निम्ति दबाब दिने बताए ।

एकताको पक्षमा नहुने नेताहरूलाई भोट नदिनेसम्मको अवस्था सिर्जना गर्ने बताए ।

नेकपाको दुवै समूहका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड–माधवकुमार नेपाल र केपी शर्मा ओली अझै पनि एकताको पक्षको नआएको उनको भनाइृ छ ।

नेता गौतमले केपी र प्रचण्डबीच अरूले एकता गर्दैमा त्यो एकता नहुने बताए ।

उपाध्यक्ष गौतमले विभाजनउन्मुख रहेको नेकपाको कुनै पक्षमा पनि नलागी एकता अभियानमा लाग्ने स्पष्ट पारे । उनले पार्टी एकताका लागि आह्वान गर्ने नेताको पक्षमा आफू उभिनसक्ने पनि आश्वासन दिए ।

प्रकाशित मिति : २०७७ फाल्गुन २० गते बिहिवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *