२०८१ बैशाख ४ गते मङ्गलवार

प्रतिनिधिसभा पुर्नस्थापना गर्ने सर्बौच्चको फैसला

१३ दिन भित्र संसद अधिबेशन बोलाउन आदेश

काठमाडौं, फागुन ११ । सर्वौच्च अदालतले बिघठित प्रतिनिधिसभा पुर्नस्थापना गर्ने निर्णय गरेको छ । गत पुस ५ गते प्रधानमन्त्री केपी शर्मा ओलीले हठात प्रतिनिधिसभा बिघठन गरेका थिए ।

प्रधानमन्त्रीको सिफारिसमा राष्ट्रपतिले बिघठन गरेको प्रतिनिधि सभा विघटन गर्ने प्रस्ताब स्वीकृत गरेकी थिइन ।गत पुस ५ गते बसेको मन्त्रिपरिषद् बैठकले प्रतिनिधि सभा विघटनको सिफारिस गरेको थियो। दुई महिनाको बहसपछि मंगलवार सर्बोच्चले ऐतिहासिक फैसला गरेको हो।

सर्वौच्चको संवैधानिक इजलासमा प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणा, विश्वम्भर प्रसाद श्रेष्ठ, अनिलकुमार सिन्हा, सपना प्रधान मल्ल, तेजबहादुर केसीले विघटन विरुद्धका रिटमा सुनुवाइ गरेका थिए। मुद्दाका दुवै पक्षले बहस गरेका थिए । त्यसका साथै एमिकस क्युरीले समेत आफ्नो राय राखेका थिए।

यसैबीच सर्वौच्चले १३ दिनभित्र संसद अधिवेशन बोलाउन पनि आदेश दिएको छ।

प्रकाशित मिति : २०७७ फाल्गुन ११ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *