२०८२ बैशाख ७ गते शनिवार

प्रचण्ड– बाबुरामले जनयुद्धको सपनालाई कुर्सीसंग साटे – बस्नेत


तुलसीपुर, फागुन १ । २६ औं ‘जनयुद्ध दिवस’को अवसरमा शनिवार अखिल (क्रान्तिकारी) दाङ को आयोजनामा शुभकाना आदान प्रदान कार्यक्रम भएको छ ।सहिद आवासीय माविमा कार्यक्रम भएको हो ।

अखिल (क्रान्तिकारी) दाङ जिल्ला सम्मेलन आयोजक समिति संयोजक अनिल केसीको अध्यक्षता रसहिद परिवार समाजका केन्द्रीय सदस्य एवं सहिद स्मृति आवासीय माबिका विद्यालय व्यवस्थापन समिति सदस्य रैबहादुर बस्नेत (धर्ती) को प्रमुख अथित्यमा कार्यक्रम भएको हो ।

कार्यक्रमलाई सम्वोधन गर्दै बस्नेतले प्रचण्ड ,बाबुरामले जनयुद्धको सपनालाई कुर्सीसंग साटेर ठूलो घात गरेको आरोप लगाए ।

जनयुद्धको मुख्य उदेश्य लक्ष्य ,बिचार सिद्धान्तबाट बिचलित हुदै दलाल संसदीय व्यवस्था सामु आत्मसमर्पण गरेर १७ हजार सहिद,हजारौं घाइते,अपांग ,बेपत्ता र परिवर्तनको पर्खाइमा रहेको जनतालाई अलपत्र छोडेर प्रतिक्रियावादी संग घाँटी जोड्न पुगेको उनले बताए ।

उनले विप्लवले नेतृत्व गरेको नेपाल कम्युनिस्ट पार्टीसंग मात्रै आज जनयुद्धको मुद्दा ,एजेन्डा ,बिचार ,सिद्धान्त रहेको दाबी गरे ।उनले संसदीय व्यवस्था असफल भैसकेकाले वैज्ञानिक समाजवाद स्थापना अनिवार्य रहेको बताए । सम्मेलनले गणेशको अध्यक्षतामा ३४ सदस्यीय माबि इकाई कमिटी गठन गरेको छ ।

प्रकाशित मिति : २०७७ फाल्गुन १ गते शनिवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *