२०८१ माघ ३ गते बिहिवार

सहकारीको जग्गा बेचेको भन्नु झुट्टा आरोप हो – अध्यक्ष कँडेल

दाङ, मंसिर २७ । दाङको बबई गाउँपालिकास्थित बाघमारे सहकारी संस्था लिमिटेडको जग्गा अध्यक्षले मनोमानी ढंगले विक्रि गरेको भन्ने कुरा झुट्टा भएको बताइएको छ । अध्यक्ष चुडामणि कँडेल लगाएतका पदाधिकारीहरुले तुललसीपुरमा घोराही र पत्रकार सम्मेलन गरि त्यस्तो बताएका हुन ।  मंगरवार मात्रै सहकारी संस्थाका पूर्व अध्यक्ष कृष्णबहादुर खत्री लगाएका व्यक्तिहरुले बबई गाउँपालिका वडा नं. ५ हापुरेस्थित संस्थाको ५ विगाहा जग्गा अध्यक्ष कँडेलले शेर सदस्यलाई झुक्काएर सस्तोमा जग्गा बचेको आरोप लगाएका थिए । त्यसको प्रतिउत्तरमा विहीवार अध्यक्ष कँडेल लगाएका पदाधिकारीहरुले उल्टै पूर्व अध्यक्ष खत्रीले ५० हजार आर्थिक हिनामिना गरेको आरोप लगाएका छन् । ‘ मेरो चरित्र हत्या गर्नलाई झुट्टा प्रचार गरियो,’ अध्यक्ष कँडेलले भने ‘ बरु उल्टै पूर्व अध्यक्ष खत्रीले संस्थाको ५० हजार रकम दिनु भएको छैन।’ संस्थालाई दिनुपर्ने ५० हजार रकम माग्दा पूर्व अध्यक्ष खत्रीले आफूमाथि कलोकल्पित र भ्रामक प्रचारबाजी गरेर चरित्र हत्यागर्ने प्रयास गरेको भन्दै उनले आपत्ति जनाएका छन् ।

‘हामीले जग्गा दिने काम संस्थाको विधान अनुरुप नै गरेका छौं,’ अध्यक्ष कँडेलले भने ‘त्यसमा कतैपनि बेईमानी भएको छैन ।’ उनले संस्थाको विधानमा एक चौथाई शेरसदस्यको सहमतिमा चल अचल सम्पत्ति किनवेच गर्न पाउने प्रावधान रहेको उल्लेख गरे ।

उक्त अवसरमा वडा नं. ५ का वडा अध्यक्ष तथा सहकारी संस्थाका कोषाध्यक्ष डम्मरबहादुर शिरिसले पूर्व अध्यक्षहरुले भेगिय राजनीति गर्ने दुस्साहास गरेको भन्दै आक्रोस पोखे । ‘ सहकारी भित्र अनावश्यक राजनीति गर्नु गलत हो,’ उनले भने । उनले पनि गाउँपालिकालाई जग्गा दिने निर्णय सर्वदलिय सर्वपक्षिय बैठकले पारित गरेको दाबी गरे । त्यस्तै त्यहाँ उपस्थित अन्य पदाधिकारीहरुले पनि पूर्व अध्यक्ष लगाएतको समुहले चरित्र हत्यागर्ने गलत अभ्यास गरेको दाबी गरेका छन् । सहकारीको जग्गा निशुल्क रुपमा गाउँपालिकालाई दिने सर्वदलिय सहमति भएको भएपनि एउटा संस्थाले अर्कौ संस्थालाई निशुल्क रुपमा जग्गा प्रदान गर्न नमिल्ने कानुनी अड्चनका कारण सस्तो दररेटमा जग्गा गाउँपालिकालाई प्रदान गरिएको जानकारी दिएका छन् ।

यो पनि पढ्नुहोस

घुइयाँको भाउमा सहकारीको जग्गा बिक्री (भिडियो सहित)

 

 

प्रकाशित मिति : २०७५ मङ्सिर २७ गते बिहिवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *