२०८१ जेष्ठ १५ गते मङ्गलवार

राप्ती गाउँपालिकाको ७औं गाउँसभा

देउखुरी, माघ २६ । दाङको राप्ती गाउँपालिकाको सातौ गाउँसभा सोमबार भएको छ ।नियमित हिउदे अधिबेशन अन्तरगत यस आर्थिक वर्षको मध्य समयमा ७औं गाउँसभा बसेको हो ।आर्थिक वर्ष २०७७÷७८ को प्रस्तावित संशोधित बजेट अनुमान तथा कार्यक्रम सर्बसम्मत रुपमा पारित भएको छ ।

‘स्वास्थ्य शिक्षा कृषि पर्यटन र पूर्वाधार, समृद्ध राप्ती गाउँपालिकाको आधार’ भन्ने मूल मर्मका साथ गाउँपालिकाले यस आर्थिक वर्षमा गरेका कार्यप्रगति माथि छलफल गर्दै सर्बसम्मत रुपमा पारित गरेको हो ।

गाउँपालिका अध्यक्ष नुमानन्द सुवेदीको अध्यक्षतामा भएको गाउँसभाले आर्थिक विकास तर्फ, सामाजिक विकास तर्फ, पुर्वाधार विकास तर्फ, संस्थागत विकास तथा सुशासन तर्फका कार्यप्रगति उपर छलफल गर्दै सुझाव सहित पास गरेको छ । सभाकै क्रममा राप्ती गाउँपालिकाको पहिलो बुलेटिन राप्ती बुलेटिन समेत विमोचन गरिएको छ ।

प्रकाशित मिति : २०७७ माघ २६ गते सोमवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *