२०८१ जेष्ठ १३ गते आइतवार

हरिपौरीमा फागुनदेखि बिएएलएलबी विषयको पढाई सुरु हुँदै

तस्विर : राजेश खत्री

तुलसीपुर,माघ २५ ।तुलसीपुरको हरिपौरीमा जिल्लामै पहिलो पटक बिएएलएलबी (कानुन) विषयको पढाइ सुरु गर्ने तयारी गरिएको छ । तुलसीपुर उपमहानगरपालिकाले सञ्चालन गरेको ‘तुलसीपुर बहुप्राविधिक शिक्षालय’ (मेट्रो कलेज) ले जिल्लामै पहिलो पटक बिएएलएलबी पढाइ सुरु गर्न लागेको आइतवार पत्रकार सम्मेलन गरि जानकारी दिएको छ ।

पत्रकार सम्मेलनमा मेयर घनश्याम पाण्डेले उपमहानगरपालिकाले सिटीभिटीसंको सहकार्यमा मेट्रो कलेज सञ्चालनमा ल्याएको जानकारी दिए ।तुलसीपुरले सुरु गरेको प्राविधिक शिक्षाको अभियान साढे ३ वर्षमा ५ सय भन्दा बढी पालिकाहरुमा सञ्चालनमा आएको मेयरले बताए ।सामुदायिक विद्यालयमा एक हजार बढी संख्यामा प्राविधिक शिक्षा सञ्चालनमा आइसकेको उनले बताए ।

‘तुलसीपुरलाई ऐतिहासिक गौरव गर्ने अवसर प्राप्त भएको छ,’ उनले भने ‘कि हामीले स्थानीय सरकारको सहकार्यमा प्राविधिक शिक्षालय सञ्चालन गर्न सकिन्छ भन्ने कुरा प्रमाणित गरेका छौ ।’कलेजमा हाल  ५ वटा प्राविधिक विषयमा ३ वर्षे कोर्षको पढाई भइरहेको छ ।

मेयर पाण्डेले निर्वाचनमा गरेका प्रतिबद्धताहरु पुरा गर्दै तुलसीपुरलाई नेपालको एउटा शैक्षिक हवका रुपमा स्थापना गर्न लागि परेको बताए । यो कलेजमा बिएएलएलबी विषयको ६ वर्षे कोर्ष लागु गरिएको छ ।तर ६÷६ महिनामा परीक्षा सञ्चालन गरिने मेयर पाण्डेले बताए ।

जुन सुकै विषय पढेको विद्यार्थीले पनि यो विषय पढ्न पाउने उनले बताए । त्यो कोर्ष पुरा गर्न विश्व विद्यालयले तोकेको ३ लाख ९७ हजार शुल्क लाग्ने कलेज प्रशासनले जानकारी दिएको छ ।माघ ३० गतेसम्म फाराम भर्ना सकिने र फागुन २ गते इन्ट्रान्स परीक्षा सुरु गर्ने तयारीमा कलेज रहेको छ । फागुन १६ गतेदेखि पढाइ सुरु गरिने भएको छ । यो कोर्षका लागि जम्मा ४० जना विद्यार्थीलाई छनोट गरिने भएको छ ।

कपाल काट्नेदेखि मोटरसाईक मर्मतको तालिम
सिप सिकेर केही गर्न चाहेका तर घरायसी कारणले पढन नसकेकाहरुका लागि हाल कलेजले कपाल काट्ने लगाएका सीप मुलक तालिम दिइरहेको छ । एक सय जना बढीलाई कपाल काट्नेदेखि लिएर मोटरसाइकल मर्मत गर्ने,मोवाइल ममर्त, इलेक्ट्रिसिटी, बेमौसमी तरकारी खेति लगाएतका आधारभुत तथा सीप विकास तालिमहरु सञ्चालन गरिरहेको कलेज प्रशासनले जानकारी दिएको छ ।

करिब ३२ करोडको लगातमा मेट्रो कलेजको भवन निमार्ण गरिने कार्यक्रममा जानकारी दिइएको छ ।कार्यक्रम मेट्रो कलेज सञ्चालक समितिका सदस्य एवं वडा नं १२ का अध्यक्ष सूर्यबहादुर डाँगीको अध्यक्षतामा भएको हो ।कार्यक्रममा उपमहानगरपालिका कानुन अधिकृत आचल बगाल,विद्यार्थी कुसुम भण्डारी,तिर्सना रोकाए लगाएतले मनतब्य ब्यक्त गरेका थिए । कार्यक्रमको सहजिकरण कलेजका प्रमुख बसन्त आचार्यले गरेका थिए ।

प्रकाशित मिति : २०७७ माघ २५ गते आइतवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *