२०८३ असार ११ गते बिहिवार

बिद्यार्थीलाई पोशाक र झोला वितरण


तुलसीपुर, असार ११ ।
आधारभूत विद्यालय बाँकी बेटारपुर विद्यालयका विद्यार्थीलाई पोशाक र झोला वितरण गरिएको छ ।
बिहीबार विद्यालयमा अध्ययनरत ६० जना विद्यार्थीलाई पोशाक र झोला वितरण गरिएको हो।
कुमारी बैंक शाखा कार्यालय दंगीशरणले सामाजिक उत्तरदायित्व कार्यक्रमअन्तर्गत दंगीशरण गाउँपालिका–१ बेटारपुरमा पुगेर विद्यार्थीलाई पोशाक र झोला वितरण गरिएको हो ।
बैंक शाखा कार्यालयका प्रमुख एकराज केसीले सामजिक उत्तरदायित्व पुरा गर्दै बिकटको बिद्यालय छनोट गरि पोशाक र झोला वितरण गर्न पाउँदा खुसी लागेको बताए ।
कार्यक्रममा गाउँपालिका अध्यक्ष शम्भु गिरी र उपाध्यक्ष पिमा वली खड्काले कमाउका लागि मात्रै खोलिएका हुन भन्ने भावना भन्दा माथि उठेर निजी बैंकले सामाजिक उत्तरदायित्व अन्तर्गत बिकटका विद्यार्थीलाई सहयोग गरेकोमा धन्यबाद दिएका थिए । सानो सहयोग भएपनि त्यसले बालबालिकाको पठनपाठनमा सकारात्मक टेवा पुग्ने उनीहरुले विश्वास व्यक्त गरे । त्यहाँका वडाध्यक्ष रमेश भण्डारीले पोशाक र झोला वितरणले विद्यार्थीमा उर्जा थपेकोब बताए ।
कुमारी बैंक लुम्बिनी प्रदेशका प्रमुख सुदन खत्रीको अध्यक्षतामा भएको बितरण कार्यक्रम विद्यालयका शिक्षक प्रेम बिष्टको स्वागत मन्तव्यबाट सुरु भएको थियो भने सहजीकरण गाउँपालिकाका प्रेस सल्लाहकार प्रमोद आचार्यले गरेका थिए ।

प्रकाशित मिति : २०८३ असार ११ गते बिहिवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *