२०८३ असोज १० गते शनिवार

अश्वास माविको जस्ता पाता हुरीले उडायो


तुलसीपुर, असोज १० ।


तससीपुर उपमहानगरपालिका – ८ स्थित माध्यामिक विद्यालय अश्वाराको विद्यालय भवनको जस्ता पाता शनिबार दिउँसोको हावा हुरीले उडाएर क्षति पुर्‍याएको छ ।


बिद्यालयका प्रधानाध्यापक निमकान्त रेग्मीका अनुसार तीन वटा कक्षा कोठाको सबै जस्ता पाता हावाहुरीले उडाएर सडकमा पुर्‍याएको छ ।
सिशु कक्षा, बहिरा बिद्यालयका लागि सांकेतिक भाषाको संयुक्त पढाइ हुने कक्षा १ देखि ३ सम्मको जस्ता पाता र कक्षा ४ र ५ को कक्षा कोठाको माथिको जस्ता पाताको छाना हावा हुरीले उडाएर क्षति पुर्‍याएको हो ।


प्रअ रेग्मीका अनुसार फलामका छड जडान गरिएका जस्ता पाता सबै हावा हुरीले उखेलेर सडकमा पुर्‍याएको हुँदा ग्रिल उद्योगमा काम गर्ने मानिस बोलाएर अहिले ती फलामे छडहरु काटेल स्याहार्ने काम भइ रहेको बताए ।
क्षतिको एकिन भइ नसकेको पनि उनले जानकारी दिए ।

प्रकाशित मिति : २०८३ असोज १० गते शनिवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *