तुलसीपुर, माघ ८ । नेपाली काँग्रेस दाङका सभापति कीर्तिबहादुर खड्काले लोकतन्त्र र संविधानको रक्षाका लागि सवै लाग्नुपर्ने बताएका छन । नेपाली काँग्रेस तुलसीपुर उपमहानगरपालिका वडा नं. ४ इकाई समितिले बिहीवार बनहरीमा आयोजना गरेको कार्यक्रमलाई सम्वोधन गर्दै सभापति खड्काले केपी ओली सरकारले गरेको असंवैधानिक कदम विरुद्ध सबै लोकतन्त्रबादी सडकमा आउन जरुरी रहेको बताए ।
‘हामी सत्ता र शक्तिका लागि आन्दोलन थालेका छैनौं,’ उनले भने ‘ ओलीको कदमले लोकतन्त्र र संविधान अपहरणमा पर्न थालेको हुँदा त्यसैको रक्षाका लागि लागेका छौं ।’जिल्ला सभापति खड्काले काँग्रेसकै नेतृत्वमा शान्ति र संविधान आएको भन्दै त्यसको रक्षा गर्नु काँग्रेसको कर्तव्य भएको समेत बताए ।
तर, खड्काले प्रतिनिधि सभाको विघटनको मुद्दा अदालतमा गएको हुँदा अदालतले गर्ने निर्णय काँग्रेसलाई मान्य हुने पनि बताए । ‘जनताले पनि अव प्रष्ट बुझनु पर्छ सच्चा देसभक्त र लोकतन्त्रिक पार्टी को हो भनेर ?,’ उनले भने ‘ कोही पनि अब भुलभलैमा लाग्नु हुदैन ।’ उनले कम्युनिष्टहरुले अहिले देशमा विभिन्न बहानामा लुटतन्त्र मच्चाएको भन्दै उनीहरुका पछाडि नलाग्न समेत आग्रह गरे ।
‘यो देसको जनता र देशको विकास गर्ने पार्ट काँग्रेसनै हो,’ सभापति खड्काले भने ‘ ओली सरकारले जताततै , कुशासन, अनियमितता, भ्रष्टाचार मात्रै बढाएको छ ।’अहिले ओलीको अधिनायकवादी चरित्र उदांगो भएको हुँदा त्यसले कम्युनिष्ट हुँ भन्नेहरुको यथर्थापनि झल्किएको बताए ।
खड्काले प्रतिपक्ष काँग्रेसले केही गरेन भन्ने आरोप लाग्ने गरेको भएपनि आफुहरुले कम्युनिष्ट जस्तो सडकका रेलिङ भाँच्न र कुर्सी तोडभोड गर्न भने नजाने बताए ।‘ हामी लोकतन्त्रको रक्षाको लागि शान्ति पूर्ण आन्दोलन गर्छौ,’ उनले थपे ‘ जनता नै जनार्दन हुन, जनताको शक्तिको अगाडि सबै तानाशाहहरु तह लागेका उदाहरण छन् ।’
कार्यक्रममा काँग्रेस जिल्ला सदस्य सुरेन्द्रबहादुर खड्काले बर्तमान केपी शर्मा ओली नेतृत्वको सरकारले अधिनायकबाद लादन खोजेको भन्दै यस्ता असंवैधानिक कदम विरुद्ध सवै एक भएर लाग्नुपर्ने बताए ।
वडा इकाई उपसभापति लेककुमार कार्कीको स्वागत मन्तव्यवाट सुरु भएको कार्यक्रमा काँग्रेस नेता पुर्णबहादुर खड्का, महिला नेतृ कविता आचार्य, महिला संघ क्षेत्र नंं. ३ की अध्यक्ष चित्रा गिरी, क्षेत्रीय प्रतिनिधि दामोदर न्यौपाने, तरुण दलका बशन्त खड्का, कृष्ण खड्काले असंवैधानिक कदम विरुद्ध सवै लाग्नु पर्ने बताएका थिए ।
उनीहरुले वडामा विकास निर्माणदेखि खरको छानो मुक्त बनाउने योजनामा समेत आफना कार्यकर्ताहरुलाई मात्र कम्युनिष्टहरुले हेरेको भन्दै बिरोध जनाएका थिए ।कार्यक्रम नेपाली काँग्रेस वडा इकाई उपसभापति तारासेन ठकुरीको अध्यक्षता भएको हो । त्यसपूर्व विभिन्न स्थानबाट विरोध ¥याली सहित काँग्रेस कार्यकर्ताहरु विरोध सभामा सहभागि भएका थिए ।