२०८२ असार ३० गते मङ्गलवार

बाँकेमा मंगलवारसम्म कोरोनाबाट १ सय ३५ जनाको मृत्यु

दाङ, माघ ६ । बाँकेमा मंगलवार सम्म १ सय ३५ जना कोरोना संक्रमितको मृत्यु भएको छ । बाँके जिल्लामा मात्रै ५१ पुगेको र बाहिरी जिल्लाबाट उपचारका लागि बाँके लगिएका थप ८४ जनाको मृत्यु भएको छ । बाँकेका कोरोना फोकल पर्सन तेज वलीका अनुसार मंगलवार सम्म कोरोना संक्रमित १ सय ३५ जनाको मृत्यु भएको जानकारी दिए ।

यसैबीच बाँकेमा मंगलवार विहान होम आइसोलेसनमा उपचाररत एक ४९ बर्षीय कोरोना संक्रमित पुरुषको मृत्यु भएको छ ।नेपालगञ्ज उपमहानगरपालिका वडा नं. १ धम्बोजीका ४९ वर्षीय संक्रमित पुरुषको भेरी अस्पताल नेपालगञ्जमा मंगलवार विहान ६ ः १० मा उपचारका क्रममा मृत्यु भएको हो ।

फोकल पर्सन वलीका अनुसार होम आइसोलेनमा उपचाररत ती व्यक्ति मंगलवार विहान एक्कासी बेहोस भएपछि उपचारका लागि अस्पताल लगिएको थियो । अस्पताल लगेको केही बेरमै उनको मृत्यु भएको वलीले जानकारी दिए ।ती व्यक्तिलाई पिसिआर परीक्षणका क्रममा पुस २८ गते संक्रमन पुष्टि भएको थियो ।

त्यसपछि उनी होमआइसोलेसनमा बसेका थिए । पारिवारीक स्रोतका अनुसार बेहोस हुुनुभन्दा पहिला सम्म उनको अवस्था सामान्ने थियो ।

प्रकाशित मिति : २०७७ माघ ६ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *