२०८१ भाद्र २३ गते आइतवार

शान्ति समाजको शाखा सभापतिमा सुनार चयन


तुलसीपुर, माघ ३ । मानव अधिकार तथा शान्ति समाज दाङ शाखको सभापतिमा तुलसीराम सुनार चयन भएका छन् । शनिवार तुलसीपुरमा भएको मानव अधिकार तथा शान्ति समाज दाङ शाखाको २३आंै जिल्ला साधारण सभा तथा अधिबेशनले सुनारलाई सभापतिमा चयन गरेको हो । त्यस्तै अधिवेशनले उपसभापतिमा नबिनकुमार पोखरेल, सचिबमा निर्मला डाँगी योगी, कोषाध्यक्षमा कोमल डाँगी र सहसचिवमा उषा गौतमलाई चयन गरेको छ ।

त्यसैगरी सदस्यहरुमा माधब बस्नेत, तिलसरा पुन ,भिमलाल मरासिनी,सुशीला चौधरी,सन्दिपन रिजाल र हेमेन्द्र खडका रहेका छन् । शनिवार नै नवनिर्बाचित कार्य समितिले थप चार जनालाई मनोनित गरेको छ । जस्मा निर्मल खड्का, देबेन्द्र केसी, रजनी शाह र यज्ञ बिक रहेका छन् । शाखा सभापति शरद रेग्मीको अध्यक्षतामा भएको अधिबेशनमा केन्द्रीय महासचिव सुशील बस्नेत केन्द्रीय प्रतिनिधि खिटाइएका थिए ।
निर्वाचन समितिमा वरिष्ठ अधिबक्ता डिल्ली राज धिताल, मोहन धिताल र निर्मल नेपाली रहेका थिए ।

कम्युनिष्टको कुरामा विश्वास कहिलै हुँदैन – दीपक गिरी
नेपाली काँग्रेसका केन्द्रीय सदस्य तथा पूर्व मन्त्री दीपक गिरीले कम्युनिष्ट शासकको भनाई र गराईमा कहिलै समानता नहुने बताएका छन् ।शान्ति समाजको अधिवेशनलाई सम्वोधन गर्दै नेता गिरीले दूई तिहाई बहुमत नजिकको नेकपा नेतृत्वको ओली सरकारले नागरिकलाई ठूला आश्वासन बाटेर झुक्याएको बताए ।

ओली नेतृत्वको सरकारले प्रतिनिधिसभा विघटन गरेर असंबैधानिक र अलोकतान्त्रिक तथा प्रतिगामी कदम चालेको हुँदा लोकतन्त्र धरापमा परेको बताए । ओलीको प्रतिगमन र अधिनायकबादी चरित्र विरुद्ध सबै लोकतान्त्रिक शक्ति , नागरिक समाज एक भएर सडकमा जानुको विकल्प नरहेको उनले बताए ।

संबिधानसभा सदस्य एवं नेकपा नेतृ अनारकली मियाले प्रधानमन्त्री केपी शर्मा ओलीले पुस ५ गते गरेको कार्य प्रतिगमन भएको र नेकपाको कार्यकर्ता हुँ भन्दापनि शरम लाग्ने अवस्था सिर्जना भएको बताइन । शान्ति समाजका केन्द्रिय महासचिव सुशील बस्नेतले प्रधानमन्त्री ओलीको सनक र स्वच्छचारीता कदमले नागरिकले शान्ति र सुशासन भन्दा कुशासन पाएको टिप्पनी गरे ।

सो अवसरमा काँग्रेस नेता नेता सुरेन्द्र खडका,शान्ति समाजका पुर्ब केन्द्रीय उपसभापति मोहन धिताल, शाखा पुर्ब सभापति डिल्लीराज धिताल, निर्मल नेपाली, सुरेश श्रेष्ठ, सल्यान शाका सभापति डा. प्रेम योगी, बिभागिय संयोजक शिव शंकर गिरी, ब्राह्मणकुमारी अनिता , तुलसीपुर उद्योग बाणिज्य सघका वरिष्ठ उपाध्यक्ष रामप्रसाद चालिसे, नागरिक समाज दाङका सल्लाहकार टिकाराम रेग्मी,थारु कल्याणकारी सभाका केन्द्रीय कोषाध्यक्ष चुर्णबहादुर चौधरी, तुलसीपुर खानेपानी संस्थाका अध्यक्ष खेमराज वली , लायन्स क्ल तुलसीपुरका उपाध्यक्ष गणेश अधिकारी,महिला अधिकारकर्मी देवा डाँगी, जेष्ठ नागरिक समाजका अध्यक्ष खुमानन्द अधिकारी,चलचित्र पत्रकार संघ दाङका अध्यक्ष शिव पुन, समाजसेवी टोपबहादुर महतरा,अपाङ्ग समाज सुधार केन्द्रका अध्यक्ष हुमाकान्त कडेल लगायतले मनतब्य ब्यक्त गरेका थिए ।

प्रकाशित मिति : २०७७ माघ ३ गते शनिवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *