तुलसीपुर,पुस २९ । बिहीबार माघ १ गते अर्थात माघे संक्रान्ति । दाङका बजारहरुमा बुधवार तरुल, गञ्जी र सखर खण्ड किनमेल गर्नेहरुको बाक्लो भिडभाड देखियो ।
गत वर्ष तुलसीपुर बजारमा गन्जी प्रतिकेजी एक सय रुपैयामा बिक्री भएको थियो । तर, यो बर्ष गन्जीको भाउ घटेको पाइएको छ ।
यो बर्ष एक सय रुपैंयाको डेढ केजी गिन्जी किनबेच भइरहेको एक व्यवसायीले फरककोणलाई बताए ।
उनका अनुसार वन तरुल,सखर खण्डको पनि गत वर्ष भन्दा सस्तो मूल्यमा कारोबार भइरहेको छ ।
माघे संक्रान्ति पर्व बिभिन्न समुदायमा बिभिन्न तरिकाले मनाउने गरिन्छ । थारु र मगर समुदायले यस पर्वलाई अझ विशेष हर्षोल्लासका साथ मनाउने गर्दछन् ।
थारुहरुको लागि यो नयाँ बर्ष नै हो ।
माघे संक्रान्तिमा विशेषगरी तरुल,गञ्जी र चाकु विशेष महत्वका साथ खाने परम्परागत प्रचलन रही आएको छ ।
बिशेष गरि थारु बस्तिमा माघीको रौनक छाउने गर्छ ।