२०८१ भाद्र २३ गते आइतवार

अमेरिकाको राजधानीमा हिंसात्मक प्रदर्शनका क्रममा चारजनाको मृत्यु

बीबीसी । वासिंटन डीसी प्रहरीका अनुसार क्यापिटल भवनमा जबरजस्ती प्रवेश गर्दै गर्दा भएको झडपमा चारजना मारिएका छन् ।

यसअघि एक महिलाको गोली लागेर मृत्यु भएको बताइएको थियो । बाँकी तीनजना मेडिकल इमरजेन्सीका परिणाम स्वरुप मृत घोषित भएको बताइएको छ । अहिलेसम्म घटनामा संलग्‍न ५२ जना पक्राउ परेका छन् । तीमध्ये ४७ जनाले कर्फ्यु उल्लंघन गरेका थिए ।

ट्रम्पको प्रयासले अमेरिकामा हिंसा

चुनावी परिणाम उल्ट्याउने अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको प्रयासले अमेरिकामा हिंसा फैलिएको छ । ट्रम्पका समर्थक हतियार लिएर क्यापिटल बिल्डिङ (संसद् भवन) मा घुसेपछि अमेरिकामा हिंसा भड्किएको हो ।  डिसेम्बर १४ मा इलेक्टोरल कलेजका सदस्यहरुले आफ्नो मत सिल गरिएका सर्टिफिकेटमा देशभरबाट कंग्रेसलाई पठाउने गर्दछन् । र जनवरी ६ मा तिनै सर्टिफिकेट क्यापिटल भवनमा गणनाका लागि पठाइने गरिएको छ ।

यो समारोह सन् १८७७ देखि चल्दै आएको छ । तर बुधबार भने ट्रम्प समर्थकहरुले हिंसात्मक रुपमा पहिले बाहिर प्रदर्शन गरे भने पछि क्यापिटल बिल्डिङमा प्रवेश गरेर हिंसा मच्चाएको बीबीसीले जनाएको छ । हिंसक गतिविधि भएपछि कंग्रेसले ती इलेक्टोरल मत गणनाको कार्यक्रम रोक्नुपरेको थियो ।

प्रदर्शनका क्रममा भवनभित्रै जबरजस्ती प्रवेश गरेका १३ जना पक्राउ परेका छन् । वासिङटन डीसी पुलिसका अनुसार प्रदर्शनकारीहरुबाट पाँचवटा बन्दुक र एउटा अत्यधुनिक हतियार पनि नियन्त्रणमा लिइएको छ ।  पुलिस प्रमुख रोबर्ट कोन्टीले सञ्चारकर्मीहरुलाई बताए अनुसार यसमा पक्राउ परेका मानिसहरु डीसी क्षेत्रमा बसोबास गर्ने नागरिकहरु होइनन् । उनीहरु बाहिरबाट आएका थिए ।

अहिले डीसी क्षेत्रभर कर्फ्यु लगाइएको छ ।

 

प्रकाशित मिति : २०७७ पुष २३ गते बिहिवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *