२०८१ असोज ४ गते शुक्रवार

रुकुमपश्चिमा प्रशासनको सरकारी कार्यालयहरुमा छड्के

१३ कार्यालयका ९८ कर्मचारी अनुपस्थित


दाङ,पुस २ । रुकुम पश्चिम जिल्ला प्रशासन कार्यालयले १३ वटा कार्यालयमा छड्के चेकजाँच गर्दा ९८ जना कर्मचारी अनुपस्थित रहेको तथ्य फेला परेको छ । बुधवार जिल्लाका संघ र प्रदेश अन्तरगतका १७ वटा सरकारी कार्यालयहरुको अनुगन गर्दा १३ वटा कार्यालयका झन्डै एक सयको हाराहारीमा कर्मचारी अनुपस्थित रहेको तथ्य फेला परेको प्रमुख जिल्ला अधिकारी बद्रीनाथ पाण्डेले जानकारी दिए ।

एकै साथ ६ वटा टिम बनाएर विहान १० बजेदेखि सवा १० बजेको समयमा जिल्ला समन्वय समिति, मालपोत, नापी, स्वास्थ्य सेवा, हुलाक, पशुसेवा जस्ता कार्यालयहरुमा छड्के अनुगमन गरिएको थियो । त्यसक्रममा १७ वटा कार्यालयमा अनुगमन गर्दा १३ वटा कार्यालयका ९८ जना अनुपस्थित पाइएको प्रजिअ पाण्डेले जानकारी दिए । पाण्डेका अनुसार त्यसमध्य ६ वटा कार्यालयहरुमा कार्यालय प्रमुखसहित अनुपस्थित थिए ।

ठूलो संख्यामा कर्मचारी अनुपस्थित रहेको पाइएपछि जिल्ला प्रशासन कार्यालयले अनुपस्थित कर्मचारी र कार्यालय प्रमुख समेतलाई तीन दिन भित्र स्पष्टिकरण दिन पत्रचार गरेको छ । अनुपस्थित हुने कार्यालय र ती कार्यालयका प्रमुखलाई लिखित रुपमा स्पष्टिकरण पेश गर्न पत्रचार भइसकेको र चित्त बुझ्दो स्पष्टिकरण नआए ती कर्मचारीलाई विभागिय कारवाही हुने प्रजिअ पाण्डेले जानकारी दिए ।

तीन दिन भित्र स्पष्टिकरण सोध्न पत्रचार गरिएको भएपनि भौगोलिक जटिलताका कारण पत्र आउन भने हप्ता दिन लाग्ने सक्ने हुँदा एक हप्तासम्म प्रशासनले जवाफको प्रतिक्षा गर्ने प्रजिअ पाण्डेले बताए ।

प्रकाशित मिति : २०७७ पुष २ गते बिहिवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *