घोराही, मंसिर २८ । सरकारको विरुद्धमा सोमवार हुने विरोध प्रदर्शनमा सहभागिताका लागि नेपाली कांग्रेस दाङ क्षेत्र नम्बर २ ले सबैमा आह्वान गरेको छ । कांग्रेस क्षेत्र नम्बर २ का सभापति भुपबहादुर डाँगी र सचिव बद्रिकुमार खड्काले सरकारको कांग्रेस दाङको आयोजनामा घोराहीमा सोमबार हुने विरोध पर्दशन कार्यक्रममा सहभागिताको लागि सबैमा आह्वान गरेका छन् ।
नेपाली काँग्रेसले सर्वसत्तावादी प्रवृति, कोभिड–१९ नियन्त्रणमा असफलता, स्वास्थ्य सामाग्रीमा अनियमितता, चर्को मुल्यवृद्धि, भ्रष्टाचार, महिला हिंसा, कर वृद्धि र कुशासनको विरुद्धमा पर्दशन गर्ने तयारी गरेको छ ।
त्यो विरोध प्रदर्शनमा सहभागी हुन नेपाली काँग्रेस क्षेत्रीय कार्यसमितिले सम्पूर्ण नेता कार्यकर्ता, भातृ संघसंगठन, सुभेच्छुक संघसंस्था, उद्योगी, व्यापारी एवं सर्वसाधारणहरुमा अपिल गरेको हो ।
सोमबार विहान साढे ११ बजेपछि घोराहीस्थित पार्टी कार्यालयबाटे विरोध पर्दशन सुरु हुने तालिका सार्वजनिक गरिएको छ । जस्लाई सम्वोधन गर्द नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा पूर्व सिंचाई मन्त्री दीपक गिरीले दाङ आएका छन् ।