२०८१ भाद्र २८ गते शुक्रवार

स्वर्गिय प्रनानीको परिवारलाई १ लाख ३० हजार आर्थिक सहयोग


रोल्पा, मंसिर २४ । कोरोना संक्रमणवाट मृत्यु भएका एक प्रहरी कर्मचारीका परिवारलाई जिल्ला प्रहरी कार्यालय रोल्पाले आर्थिक सहयोग गरेको छ । दाङको राप्ती गाउपालिका वडा नं. ५ मौरिघाटका प्रहरी नायव निरिक्षक यज्ञमणी वैदिकको परिवारलाई घरमै पुगेर १ लाख ३० हजार ८ सय ५ रुपंैया सहयोग स्वरुप प्रदान गरिएको हो ।

उक्त रकम जिल्ला तथा मातहतका सवै प्रहरी कार्यालयहरुमा कार्यरत सम्पूर्ण प्रहरी कर्मचारीहरूले स्वैच्छिक रुपमा संकलन गरेका हुन । प्रहरी निरिक्षक सञ्तोषकुमार केसीले घरमै पुगेर स्वर्गिय बैदिककी श्रीमती कमला वैदिकलाई उक्त रकम मंगलवार हस्तान्तरण गरेका हुन । बैदिकको १३औं दिनको पुन्यतिथिको दिन घरमै पुगेर उक्त रकम प्रदान गरिएको हो ।

जिल्ला प्रहरी कार्यालय रोल्पामा कार्यरत वैदिकको कोरोना संक्रमणका कारण मंसिर ११ गते भेरी अस्पताल नेपालगञ्जमा उपचारको क्रममा मृत्यु भएको थियो ।

बैदिकका बालबच्चाको पठन पाठनमा सहयोग पुगोस भन्ने उदेश्यका साथ रोल्पामा कार्यरत सबै प्रहरी कर्मचारीले रकम संकलन गरि सहयोग गरिएको जिल्ला प्रहरी प्रमुख प्रहरी नायव उपरिक्षक नरेशराज सुवेदीले जानकारी दिए । स्वर्गिय वैदिकका श्रीमति र १ छोरा छन् ।

प्रकाशित मिति : २०७७ मङ्सिर २४ गते बुधवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *