२०८३ भाद्र २८ गते आइतवार

उरहरीमा दीपक बिकले संचालन गरेको सैलुन पसलबाट १६ ग्राम बढी ब्राउन सुगर बरामद

तुलसीपुर , भदौ २८ ।
तुलसीपुरको उरहरीस्थित सैलुन पुसलबाट १६ ग्राम बढी लागुऔषध ब्राउन सुगर बरामद भएको छ । त्यसपछि सैलुन पसल संचालकसहित चार जनालाई प्रहरीले पक्राउ गरेको छ ।

तुलसीपुर उपमहानगरपालिका – ११ उरहरीमा १९ बर्षीय दीपक बिकले संचालन गर्दै आएको सैलुन पसलबाट १६ ग्राम ४७० मिली ग्राम लागुऔषध ब्राउनु सुगर बरामद भए संगै प्रहरीले चार जनालाई शनिबार पक्राउ गरेको थियो ।
सैलुन पलसमा फेला परेका तुलसीपुर – ११ का २० बर्षीय राजन केसीको शरिर खान तलासीका क्रममा सुरुमा ३.१४० ग्राम ब्राउन सुगर बरामद भएको थियो । त्यसपछि सैलुन पसलको घर्रामा लुकाइ छिपाइ राखेको अवस्थामा थप १३.३३० ग्राम ब्राउन सुगर बरामद भएको प्रहरीले जनाएको छ ।
प्रहरीले उक्त सैलुन पसलमा रहेका तुलसीपुर – १२ का २१ बर्षीय आकाश चौधरी र २४ बर्षीय ध्यानी बाँठा मगरलाई पनि नियन्त्रणमा लिइ आवश्यक अनुसन्धान गरि रहेको छ ।
सैलुन पसलबाट लागु औषधको कारोबार भइ रहेको भन्ने गोप्य सूचनाका आधारमा इलाका प्रहरी कार्यालय तुलसीपुर र स्थानीय प्रहरी चौकी जस्पुरबाट खटिएको संयुक्त टोलीले सैलुन पसलमा खानतलासी गर्ने क्रममा उक्त परिमानमा ब्राउन सुगर बरामद भएको जिल्ला प्रहरी प्रबक्ता डिएसपी डा. हेमबहादुर केसीले बताए ।

जिल्ला अदालतले आइतबार पक्राउ परेका चारै जनालाई पाँच दिन थुनामा राखेर अनुसन्धान गर्न समय प्रदान गरेको छ ।

प्रकाशित मिति : २०८३ भाद्र २८ गते आइतवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *