दाङ, माघ १८ । रुपन्देहीमा गएराति भएको सवारी दुर्घटनामा एकजनाको मृत्यु भएको छ । रुपन्देहीको केरवानी–२ निवासी ३६ वर्षीय मोटरसाईकल चालक प्रकाश भट्टराईको मृत्यु भएको प्रदेश प्रहरी कार्यालय तुलसीपुरले जानकारी दिएको छ । गम्भीर घाइते उनको उपचारको क्रममा लुम्बिनी प्रादेशिक अस्पतालमा राति नै मृत्यु भएको प्रहरीले जनाएको छ ।
लु १ ज ३०९० नम्बरको भ्यानले लु ३८ प ४५५४ नम्बरको मोटरसाइकललाई रुपन्देहीको देवदह नगरपालिका–१० मा राति सवा ९ बजेतिर ठक्कर दिएको थियो । भ्यानका चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
प्रकाशित मिति : २०७६ माघ १८ गते शनिवार