Farakkon

News Portal From Nepal, 'Information, Your Rights'


जस्ले नांगो डाँडोमा ड्रागन फ्रूट हुर्काएर सबैलाई चकित पारे

पूर्व मन्त्री विष्टले दाङका पत्रकारलाई किन चखाए ड्रागन फ्रुट ?


तुलसीपुर, पुस २५ । पूर्वमन्त्री लोकेन्द्र विष्ट मगरले जिल्लाका पत्रकारलाई ड्रागन फ्रुटको फल चखाएका छन् । शुक्रवार मगरले तुलसीपुर उपमहानगरपालिका वडा नं। १८ विजौरीस्थित आफ्नो कृषि फर्ममा पत्रकारहरुलाई निम्त्याएर प्रचार प्रशारका लागि उनले ड्रागन फ्रुटको फल चलाएका हुन । उनले प्रचारको लागि भेयतनाम वाट किनेर ल्याएको उक्त फल चखाएका हुन । ‘अरु केही हैन यो प्रचारको लागि हो,’ विष्टले भने ‘ असार सम्म हाम्रोमा पनि फल्दै छ है भन्ने प्रचार गर्न खोजेको हो । आएर खाईदिनु भयो त्यसका लागि धन्यवाद ।’

तुलसीपुर–घोराही सडक खण्डको विजौरीमा ३ विगाहा ५ कठ्ठा जमिन १५ वर्षको लागि भाडामा लिएर उनले जिल्लामै पहिलो पटक नयाँ प्रकारको ड्रागन फ्रुटको खेती गरेका छन् । यो सिउँडी प्रजातिको विरुवा हो । रातिमा मात्रै फूल्ने हुँदा यस्लाई ९क्विन अफ नाईट० रातकी रानी पनि भन्ने गरिन्छ ।

गत बर्षदेखि उनले बञ्जर जमिनमा पसिना बगाउँदै खेति सुरु गरेका थिए । ९ महिनो अवधिमा उनले लगाएको ड्रागन फ्रुट तीन महिनामा केही थोरै मात्रामा फलेको उनले बताए । ‘केही फल्यो झन्डै एक दर्जन जति, त्यो हामीले चाख्यौं,’ विष्टले भने ‘हामी त्यसवाट निकै उत्साहित छौं । यो असारमा यस्ले राम्रो फल दिने आशा छ।’

पूर्व मन्त्री विष्टको फर्ममा ड्रागन फ्रूटको बोटहरु निकै आकर्षक ढंगले हुर्किएका छन् । कहिलै यो खेती जिल्लामा नदेखाहरु पहिलो पटक त्यो देख्दा आश्चर्य मानेर हेर्ने गरेको विष्टले बताए । उनले ड्रागन फ्रूटको लागि झन्डै ३ हजार ५ सय जति मोटरसाईकलको फालेका टायरपनि खरिद गरेर लगेका छन् । त्यो ड्रागन फ्रूटको लागि क्यापको रुपमा प्रयोग गरिएको छ ।

उनले ड्रागन फ्रुटको नर्सरी समेत तयार पारेका छन् । त्यसवाट उनले राम्रो आम्दानी गरिहेका छन् । एउटा वेर्नालाई दुईदेखि तीनसय सम्म विक्रि गर्दै आएका छन् । पूर्व मन्त्री विष्टको फर्ममा शुक्रवार मात्रै बाँकेको नेपालगञ्ज, रोल्पा लगाएका जिल्लाहरुवाट ड्रागन फ्रूटको बेर्ना किन्न मानिसहरु आएका थिए । उनको फर्ममा एभोगाडाको विरुवा प्रति वोट ५ सयमा खरिद गर्न पाइन्छ ।

उनले मुन्तला, सावर, सर्पगन्धा, कुरिल्लो, टाटे सिमी, केपिलो मेलन जस्ता बोटविरुवा त्यस भित्र हुर्काइ रहेका छन् ।

यसअघि दाङ लगाएत बाहिरी जिल्लामा समेत कालो चामलको खेती गरेर चर्चा बटुलेका पूर्व मन्त्री विष्टले यसपटक कुनैपनि प्रयोग नहुने नांगो डाँडोमा ड्रागन प्रूmटको बोटहरु झुलाएर सबैलाई चकित पारिसकेका छन् । विष्टको जाँगर र मेहनतले ‘गरे के हुँदैन’ भन्ने प्रमाणित भएको छ ।

 

सबै तस्बिर राजेश खत्री ।

प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

फेसबुक प्रतिकृया


    सोसल मिडिया

  • टुइटरमा पछ्याउनुहोस
  • फेसबूक पेज लाईक गर्नुहोस
  • युट्युब च्यानल सब्स्क्राइब गर्नुहोस
  • इमेल गर्नुहोस

हाम्रो टिम

अध्यक्ष
बिनिल केसी

व्यवस्थापन
दुर्गा खड्का


प्रधान सम्पादक
अर्जुन गिरी

सम्पादक
नारायण खड्का

मल्टिमिडिया
राजेश खत्री

ग्राफिक्स डिजाइनर
लालु चौधरी

रिपोर्टर
यमकला भुसाल
© २०१८ Farakkon.com सर्वाधिकार सुरक्षित | Website by : WitNepal