२०८२ असार २७ गते शनिवार

ज्येष्ठ नागरिकलाई तिर्थाटन गराउन तथ्याङ्क संकलन गरिने


वशन्त आचार्य,
तुलसीपुर,मंसिर ७ । तुलसीपुर उपमहानगरपालिका वडा नम्वर १० निवासी हरिकला डाँगी ८७ वर्षकी भइन् । उपमहानगरपालिकाले ज्येष्ठ नागरिकलाई तिर्थ घुमाउने कुरा सुनेर उनी निकै खुसी छिन् । ‘वुढेसकालमा तिर्थ घुम्न जान पाइने भयो’ उपमहानगरपालिकामा नगरप्रमुखसँग गफिदै उनले खुसी पोखिन् ।

उनीजस्तै तुलसीपुर उपमहानगरपालिका वडा नम्वर ४ की भद्रा केसीपनि तिर्थ जाने कुराले निकै उत्साहित छिन् । उपमहानगरपालिकामा तिर्थ जाने विषयमा वुझ्न आएकी केसी तत्कालै लैजाने जानकारी दिएपछि हर्षित छिन् । ‘अहिलेसम्म दाङ बाहेक कहि पनि गएको छैन,अव वल्ल जान पाइने भयो’ तुलसीपुर उपमहानगरपालिकाले ज्येष्ठ नागरिकलाई तिर्थयात्रा घुमाउने खवर सुनेसँगै यस क्षेत्रका ज्येष्ठ नागरिकहरु उत्साहित भएका छन् ।

ज्येष्ठ नागरिकलाई सम्मान गर्ने उद्देश्यले न्यानो कपडा वितरणलाई निरन्तरता दिदै आएको छ । दुइवर्षसम्म ज्येष्ठ नागरिकलाई न्यानो कपडा वितरण गरेको उपमहानगरपालिकाले यो वर्ष भने उनीहरुकै माग अनुसार तिर्थ घुमाउने भएको हो । ‘मन हुँदाहुँदै पनि आर्थिक अभावका साथै विभिन्न कारणले घुम्न नपाएकाहरुलाई हामीले यस्तो व्यवस्था गरेका हौँ’ उपमहानगरपालिकाका प्रमुख घनश्याम पाण्डेले भने ।

उनले समाजका लागि विशेष योगदान दिने ज्येष्ठ नागरिहरु समाजका सम्पत्ति भएको भन्दै आर्थिक वर्ष २०७६÷७७ को नीति तथा कार्यक्रममा यस्तो कुरा समेटिएको वताए । ‘पंैसाको अभावमा तिर्थ जान पाइन भन्ने गुनासो कोही पनि ज्येष्ठ नागरिकले गर्नुपर्ने छैन’ उनले भने । समाजका हरेक वर्गलाई सरकारको अनुभुति दिलाउने चुनावी प्रतिवद्धता अनुसार नै काम गरिरहेको पनि उनको भनाई छ ।

उपमहानगरपालिकाले पाँच नम्वर प्रदेशका विभिन्न धार्मिक स्थलहरुमा ज्येष्ठ नागरिकहरुलाई घुमाउन लागेको महिला तथा वालवालिका शाखा अधिकृत माया श्रेष्ठले जानकारी दिइन् । उनले स्वर्गद्वारी, लुम्विनी, सुपादेउराली , वागेश्वरी लगायत दाङ्गका विभिन्न पर्यटकीय स्थल घुमाउने योजना गरेको पनि जानकारी गराइन् । ज्येष्ठ नागरिकहरुलाई विशेष सुरक्षाका साथमा घुम्न लैजाने पनि उनले वताइन् ।

शाखा अधिकृत श्रेष्ठका अनुसार पुस महिनाभित्रै ज्येष्ठ नागरिकहरुलाई तिर्थयात्रा घुमाउने गरी काम अगाडि वढाएको छ् । उनले ज्येष्ठ नागरिकसँग सरोकार राख्ने विभिन्न सस्थासँग समन्वय गरेर काम अगाडि वढाएको समेत जानकारी दिइन् । प्रत्येक वडाबाट तिर्थयात्रामा जाने ज्येष्ठ नागरिकको तथ्यांक संकलन गर्न लागिएको उनले जानकारी दिइन ।

प्रकाशित मिति : २०७६ मङ्सिर ७ गते शनिवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *