काठमान्डौैं,असोज २६ । नेपाल र चीनले संयुक्त १४ बुँदे सहमति पत्र जारी गरेका छन्।
चिनियाँ राष्ट्रपति सी चिनफिङको दुई दिन राजकीय भ्रमण सकिएपछि आइतवार त्यो संयुक्त बक्तव्य जारी भएको हो ।
जसमा केरूङ–काठमाडौं जोड्ने सुरूङमार्ग बनाउने सम्झौता भएको छ। वक्तव्यको पाँच नम्बर बुँदामा दुई देशबीचको सुदृढकनेक्टिभिटीको महत्व महशुस गर्दै केरूङ–काठमाडौं जोड्ने सुरूङमार्गको सम्भाव्यता अध्ययन गर्न सक्रियताका साथ सहकार्य गर्न दुबैदेश सहमत भएको कुरा उल्लेख छ ।
केरूङ–काठमाडौं जोड्न काठमाडौंको टोखादेखि छहरे र रसुवाको बेत्रावतीदेखि स्याप्रुवेंशीसम्म सुरूङ मार्ग बनाउने कुरामा दुबै देशलेसहमति जनाएका छन् ।
सुरूङ मार्ग बनाउन दुबै देशले संयुक्त निर्माण कम्पनी बनाउने समझदारी पनि गरेका छन्।
संयुक्त वक्तव्यमा केरूङ–काठमाडौं रेलमार्गको सम्भाव्यता अध्ययन गरिने पनि उल्लेख छ।
त्यस्तै काठमाडौं–पोखरा–लुम्बिनी रेलमार्ग बनाउन सहकार्य बढाउने विषयमा दुबै देशले प्रतिवद्धता दोर्होयाएका छन् ।
सन २०१८मा रेल्वे सहकार्यका लागि भएको एमओयूको स्मरण गर्दै दुबै देश आइतवार हस्ताक्षर भएको अर्को एमओयूअनुसार क्रस ब्रोडररेल्वे लाइन निर्माणमा सम्भाव्यता अध्ययन गर्न सहमत भएका छन्। नेपालको जलविद्युत क्षेत्रमा चिनियाँ लगानी बढाउने विषयमा पनिदुबै देशले सम्झौता गरेका थिए। चिनियाँ पक्षले सिचुवान प्रान्तको राजधानी छेन्दुमा नेपाली महावाणिज्य दूतावास खोल्न सहमति दिएकोछ।
त्यस्तै स्वर्गीय नेता मदन भण्डारीको नाममा विज्ञान तथा प्रविधि विश्वविद्यालय स्थापना गर्नपनि दुई देश सहमत भएका छन्।