२०८३ असार १३ गते शनिवार

लायन्स क्लब अफ तुलसीपुर उत्कृष्ट


शरद रेग्मी,
दाङ, भदौ ७ । लायन्स क्लब अफ दाङ शाखा उत्कृष्ट भएको छ । लायन्स क्लव डिष्ट्रिक ३२५ बी टु अन्तर्गत देशभरका १८८ क्लब मध्ये दाङ शाखा उत्कृष्ट घोषणा भएको हो ।

पदस्थापन भएको एक महिना भित्र सबैभन्दा धेरै कार्यक्रम गरेको भन्दै शनिवार काठमाडौं भएको प्रथम क्याबिनेट बैठकले दाङ क्लबका अध्यक्ष यज्ञबहादुर केसीलाई सम्मान गरेको छ ।

डिष्ट्रिक गभर्नर अनुप पहाडी र अन्तर्रा्िष्ट्रय पूर्व डाईरेक्टर सञ्जय खेतानले अध्यक्ष केसी सम्मान गरेका हुन । क्लबले तुलसिपुरमा जग्गाको ब्यबस्थापन, शान्ति उधानमा बृक्षारोपन, प्रत्येक मङगलबार सरसफाइ अभियानमा सहभागी हुने जस्ता सामाजिक कार्यहरु गर्दै आएको छ ।

त्यस्तै क्याबिनेट बैठकमा सबैभन्दा धेरै एस पाच नम्बर एरियाबाट लायन्स सदस्यहरु सहभागी गराउन सफल भएको भन्दै लायन्स अगुवा डिष्ट्रीकको चिफ एडभाईजर बिनोद कुमार श्रेष्ठ र एरिया चिफ लब अधिकारीलाई अन्तर्रा्िष्ट्रय पिनबाट सम्मान गरिएको छ ।

प्रकाशित मिति : २०७६ भाद्र ७ गते शनिवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *