२०८३ असार १३ गते शनिवार

स्थानीय उत्पादनको बजारीकरणले ग्रामीण अर्थतन्त्र बलियो बन्छ – मुख्यमन्त्री आचार्य


दाङ, असार १३ ।
लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले स्थानीय उत्पादनको बजारीकरणबाट मात्रै ग्रामीण अर्थतन्त्र सुदृढ बन्न सक्ने बताएका छन ।

प्यूठानको सरुमारानी गाउँपालिका – २ बगालेमा हाट बजारको शनिबार उद्घाटन गर्दै उनले हाट बजारमा स्थानीय किसानले उत्पादन गरेका वस्तुलाई मात्रै प्राथमिकता दिनुपर्ने बताए ।
स्थानीय किसानले उत्पादन गरेका तरकारी, फलफूल, मह, घ्यू तथा अन्य कृषि उपज बिक्री गर्नुपर्नेमा जोड दिए ।
प्रदेश सरकारले कृषि क्षेत्रको यान्त्रिकीकरण, व्यवसायीकरण तथा अर्गानिक उत्पादनलाई प्राथमिकतामा राखेर कार्यक्रम सञ्चालन गरिरहेको भन्दै उनले किसानलाई व्यावसायिक र अर्गानिक खेतीतर्फ लाग्न आग्रह गरे ।

कार्यक्रममा गाउँपालिकाका अध्यक्ष झगबहादुर विश्वकर्माले स्थानीय कृषि तथा पशुजन्य उत्पादनलाई प्रवद्र्धन गर्दै त्यसलाई उद्यमसँग जोड्न गाउँपालिकाले विभिन्न कार्यक्रम सञ्चालन गरिरहेको बताए । उनले कोसेली घर, संकलन केन्द्र र हाट बजारको व्यवस्थापन तथा सञ्चालनको जिम्मेवारी सामाजिक उद्यमी सहकारी संस्थालाई हस्तान्तरण गरिएको बताए ।

प्रकाशित मिति : २०८३ असार १३ गते शनिवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *