२०८३ असार १३ गते शनिवार

ब्यवसायीक हितका लागि सहकार्य र एकता आवश्यक


बिजौरी,असार १३ । तुलसीपुर उपमहानगरपालिकाका नगर प्रमुख टीकाराम खडकाले ब्यवसायीक हितका लागि सहकार्य र एकता आवश्यक रहेकोे बताएका छन ।


बिजौरी उद्योग बाणिज्य संघको १३ औं बार्सिक साधारणसभा तथा छैठौं अधिबेशनको उदघाटन कार्यक्रमलाई सम्बोधन गर्दै खडकाले यस्तो बताएका हुन ।

उनले दलिय एकता नभई सिंगो ब्यवसायी एकताका साथ अगाडि बढन सकेमा सहमति र सहकार्यबाट नेतृत्व चुन्न सकिने बताए ।

कार्यक्रममा दाङ जिल्ला उद्योग बाणिज्य सघका सदस्य रुद्र शर्मा, नारायणपुर उद्योग बाणिज्य सघका अध्यक्ष अनिल बस्नेत,
त्रिद्वेस्वरी राप्ती यातायात प्रालीका अध्यक्ष
सुरेश हमाल, बिजौरी उद्योग बाणिज्य संघका पुर्व अध्यक्ष मुकेश वलि ,बेलझुन्डि खानेपानी तथा सरसफाइ सस्थाका अध्यक्ष प्रदीप गौतम , बिजौरी उवासघका सस्थापक उपाध्यक्ष पुस्पा डांगी,नेपाली कांग्रेस तुलसीपुर १८ का सभापति बिरेन्द्र खडका ,नेकपा माओवादी तुलसीपुर १८ का लाल बहादुर थारु,रासपा दाङ जिल्ला सदस्य रविन्द्र केसी ,नेपाली कम्नियुस्ट पार्टी तुलसीपुर १८ का सचिब गिरिराज नेपाली लगाएतले सुभकामना मन्तब्य व्यक्त गरेका थिए ।

बिजौरी उद्योग बाणिज्य संघका अध्यक्ष रेश्मीराज खडकाको अध्यक्षतामा भएको कार्यक्रममा कोषाध्यक्ष कर्ण बहादुर वलिले आर्थिक प्रतिबेदन र महासचिव दीपक कुमार बस्नेतले प्रगती प्रतिबेदन प्रस्तुत गरेका थिए ।


संघका बाणिज्य उपाध्यक्ष डिल्ली बहादुर खत्री स्वागत मन्तब्य ब्यक्त गरेका थिए भने उद्योग उपाध्यक्ष चित्र खडकाले धन्यवाद ज्ञापन गरेका थिए । कार्यक्रमको सहजीकरण महासचिव दीपक कुमार बस्नेतले गरेका थिए ।

सो अबसरमा संघले बिगत लामो समय देखि बिजौरीमा ब्यवसाय गर्दै आएका ब्यवसायी हेमराज न्यौपानेलाई सम्मान गरेको छ ।
बिजौरी उद्योग बाणिज्य संघमा हाल ६ सय ८३ उद्योगी ब्यवसायीहरु आवद्ध रहेका छन ।


त्यस्तै बिजौरी उद्योग बाणिज्य संघको हाडिमे चोकमा सांकेतिक गेट निर्माण र सिसि क्यामेरा जडानका लागि तुलसीपुर उपमहानगरपालिका वडा न १९ को सह लगानीमा हालै निर्माण कार्य सम्पन्न भएको सांकेतिक गेटको नगर प्रमुख खडकाले रिवन काटेर उदघाटन समेत गरेका छ्न ।


उक्त गेटले दाङ, रोल्पा र प्यूठानलाई यातायात सञ्जालसँगै धार्मिक पर्यटनको सूत्रमा बाँध्न महत्वपूर्ण भूमिका खेल्ने छ ।

संघले सांकेतिक गेट निर्माण गर्नका लागि सहयोग गर्ने दाताहरुलाइ सम्मान समेत गरेको थियो ।

यो समाचार तयार पार्दा सम्म संघको औपचारिक कार्यक्रम पश्चात् बन्दशत्र कार्यक्रम चलिरहेको छ ।

प्रकाशित मिति : २०८३ असार १३ गते शनिवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *