Farakkon

News Portal From Nepal, 'Information, Your Rights'


घरको वास्तु कसरी मिलाउने ?



आजको भागदौडको जीन्दगीमा एक आमनेपालीको सबैभन्दा प्राथमिक अनि अनि ठूलो सपना भनेको एउटा सानो अनि सुन्दर घर होस भन्ने हो । तर खाईनखाई, स्वदेशमा वा विदेशमा दुःख गरी निर्माण गरिएको घर सुन्दर वा आकर्षक हुँदाहुदै पनि गृहवासीलाई सुख अनि शान्ति मिलेन भने दुर्भाग्य नै मान्नुरपर्छ ।

मानवको आधारभूत आवस्यकता गाँस, वास र कपास मध्य वासस्थान एक हो । वृहद्धास्तुमालाकारले पनि घरको परिभाषा यसरी गरेका छन्ः “स्त्रीपुत्रादिकभोगसौख्यजननं धर्मार्थकामप्रदम् । जन्तुनायनं सुखास्पदमिदं शस्ताम्बुधर्मापहाम् ।।” अर्थात सपरिवारमा सुख प्रदान गर्ने, धर्म, अर्थ, काम र मोक्षको सिद्धिका साथै अन्य जीवजन्तुलाई पनि सुख प्राप्त हुने आश्रय स्थल भनेको घर नै हो ।

संसारका प्रतेक प्राणी सुखपूर्वक जीवनयापनको लागि हमेशा उपयुक्त वासस्थानको निर्माण गर्न चाहन्छन जहाँ रहेर लौकिक एवं पारलौकिक सुखको भोग गर्न चाहेको हुन्छ , जसमा आरोग्यता, शान्ति, धन, मान–प्रतिष्ठा आदि समावेश हुने गर्दछ ।

युवा ज्योतिषी तथा वास्तुशास्त्री – मुस्कान खनाल

यीनै उद्देश्यहरुलाई ध्यानमा राखेर श्रृषि–मुनिहरुले भवन निर्माणको लागी वास्तुशास्त्र र त्यससँग सम्बन्धित उपयोगी एवं अनुपम सिद्धान्तको प्रतिपादन गरेका छन जसले कुनै पनि वासस्थान निर्माणको लागि जमीनको सही छनौट, निर्माणकार्य, भित्री सजावट आदि काममा दिशा, पञ्चतत्व पृथ्वि, जल, वायु, अग्नि र आकाश, विद्धुतिय तरङ, गुरुत्वाकर्षण, कस्मिक इनर्जी तथा दिशाको डिग्री या अंशको सुनियोजित तवरले प्रयोग गरी निर्माणको आधार तय गर्छ ।

यसरी पञ्चतत्वहरुको सहि संयोजनले वायो इलेक्ट्रिक मैग्लेटिक एनर्जी उत्पत्ती हुन्छ जसले गर्दा मनुष्यलाई सकारात्मक उर्जाका साथै मानसिक शान्ती, उत्तम स्वास्थ्य, धन, एश्वर्य, समृद्धि एवम् भौतिक सुख प्राप्त गर्न मद्धत गर्छ । यसरी वास्तु शास्त्रको मुख्य उद्देश्य प्रकृतिका सानिध्यमा रहेर संरचनाहरु निर्माण गर्दा भवन धारक जन्मिएको ग्रह मंडलको उर्जा प्रवाह या कम्पनको स्वरुप र भवनमा उर्जा प्रवाहको स्वरुपमा सामन्जस्यता ल्याउनु हो । जसको कारण पर्यावरणीय सन्तुलन कायम हुन्छ र व्यत्तिलाई प्रकृतिसंग तालमेल गर्दै आनन्दमय जीवन व्यतित गर्न सहयोग पुर्याउँछ ।

यसर्थ निम्न बमोजीम वास्तुशास्त्रको विधिलाई अपनाउदा आफ्को निवास स्थान भित्र प्रवाहित उर्जा मा सन्तुलन ल्याउन सकिन्छ ।

१- मुख्य द्धार
भवनमा प्राण (जीवन–उर्जा) को प्रवेशका लागि द्धारको स्थिति र द्धार खोलिने दिशाले वास्तुलाइ विशेष गणना द्धारा चुनेको हुन्छ । यसको ठीक चयनले सकारात्मक उर्जाको प्रवाहलाई बढाउन सकिन्छ । घरको अगाडी र पछाडीको द्धार सीधा एउटै लाइनमा हुनुपर्छ, जसका कारण उर्जाको प्रवाह बिना रोकावट चलिरहोस । प्रमुख प्रवेशद्धार घडेरीको बनावट अनुसार पूर्व, उत्तर, पूर्व–उत्तर वा पश्चिम दिशामा हुनु शुभ मानिन्छ साथै यसको ढोका अन्य ढोकाभन्दा ठूलो तथा अत्यन्त सुशोभित हुनुपर्छ ।

२- स्वागत कक्ष
अतिथिको लागि स्वागत कक्ष पूर्व वा उत्तर दिशामा हुनु आदर्श मानिन्छ । दक्षिण फर्किएको घरमा भने उत्तर–पश्चिम वा त्यसको आसपासमा उपयुक्त हुन्छ । स्वागत कक्षमा सोफा आदि दक्षिणतर्फ वा पश्चिमतर्फ राख्नुपर्छ । पूर्व र उत्तर दिशा सकेकम्म खुला भएको राम्रो मानिन्छ ।

३- भान्साघर
दक्षिण पूर्वको कुना (आग्नेय) कोणमा पकाएको खानाले सुस्वास्थ्य प्रदान गर्दछ । भान्छामा पकाउदा जहिलेपनि पूर्व फर्केर पकाउने विधान छ । दक्षिण पश्चिमको कुना (नैश्रृत्य) कोणमा पनि भान्छा बनाउन सकिन्छ तर त्यहाँ पकाउदा पनि पूर्व फर्केर नै पकाउनु पर्छ । भोजन गर्दा सधै पूर्व फर्केर गर्नु श्रेश्कर हुन्छ ।

४-  पूजाकोठा
वास्तुशास्त्र अनुसार ईशान कोण (पूर्व–उत्तर) कुना शक्ति र उर्जाको स्रोत हो । ईशान कोण साधना र उपाशनाको उच्चस्थान हो जहाँबाट परमात्मासँग प्रत्यक्ष सम्बन्ध बनाउन सकिन्छ त्यसैले पूजाकोठा उत्तर पूर्वको बीच भाग मा बनाउनु उचित हुन्छ । यस अलावा उत्तर र पूर्व पनि शुभ नै मानिन्छ । साथै १२ इन्च भन्दा अग्ला मूर्तिहरु घरको पूजाकोठामा राख्नु हुँदैन ।

५- धनसार विचार
दक्षिण र नैश्रृत्यकोण (पश्चिम दक्षिण) दिशामा धनकोष राख्नु सर्वोपयुक्त मानिन्छ भने गाडी तथा सवारी साधनका लागि आग्नेय कोण ( पूर्व दक्षिण) उपयुक्त हुन्छ ।

६- अध्ययन कक्ष
अध्ययन कक्ष नैश्रृत्य र पश्चिम दिशाको मध्य, पश्चिम दिशा, वायव्य दिशा, उत्तर दिशा वा ईशान कोणको पूर्व दिशामा बनाउनु उपयुक्त हुन्छ । उत्तर, ईशान र पूर्व दिशा अगम्य ज्ञान र तेजको दिशा हो ।

७- स्नानघर
स्नानघरकालागि पूर्वदिशा सर्वाधिक उत्तम मानिन्छ नमिलेको खण्डमा पश्चिम दिशामा पनि बनाउदा शुभनै हुन्छ । स्नानघरको ढोका पूर्व वा उत्तर फर्केको अनिवार्य हुन्छ । स्नानघरको रङ गाढा नभइ हल्का वा आफ्नो राशी अनुसारको रङ प्रयोग गर्दा राम्रो हुन्छ ।

८- शौचालय
घरमा शौचालय बनाउँदा पश्चिम वायाँबाट हल्का हटेर दक्षिण तर्फ बनाउँदा शुभ हुन्छ । शौचालयको धारो उत्तर, पश्चिम वा पूर्व झर्ने हुनुपर्छ । शौचालयमा बस्दा उत्तर वा दक्षिण फर्किनु आवश्यक छ ।

९- शयन कक्ष
घरमुलीको शयन कक्ष घरको दक्षिण पश्चिममा र सुत्नेको शीर दक्षिण तर्फ हुनु पर्छ भने विद्यार्थीहरु चाँहि पूर्वी कोठामा पूर्व सिरानी गरेर सुत्नुपर्छ ।

१०- ईनार वा जलासय
ईशानकोण ईनार खन्दा छिटै पानी प्राप्त हुन्छ र पछि सम्म नसुक्ने हुन्छ । त्यसैले इनार वा अन्डरग्राउण्ड पानी ट्याङकी राख्दा ईशानकोणको मध्यरेखाको दायाँ वा बायाँ भागमा वा पूर्व दिशामा उपयुक्त मानिन्छ ।

प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

फेसबुक प्रतिकृया


    सोसल मिडिया

  • टुइटरमा पछ्याउनुहोस
  • फेसबूक पेज लाईक गर्नुहोस
  • युट्युब च्यानल सब्स्क्राइब गर्नुहोस
  • इमेल गर्नुहोस

हाम्रो टिम

अध्यक्ष
बिनिल केसी

व्यवस्थापन
दुर्गा खड्का


प्रधान सम्पादक
अर्जुन गिरी

सम्पादक
नारायण खड्का

मल्टिमिडिया
राजेश खत्री

ग्राफिक्स डिजाइनर
लालु चौधरी

रिपोर्टर
यमकला भुसाल
© २०१८ Farakkon.com सर्वाधिकार सुरक्षित | Website by : WitNepal