२०८३ असोज ३० गते शुक्रवार

दाङको टरिगाउँ र मुगुको रारा बिमान्थल बिस्तारका लागि अध्यनको प्रक्रिया अघि बढाइने


दाङ, असोज ३० ।

दाङको टरिगाउँ र मुगुको रारा विमानस्थलको विकास तथा विस्तारका लागि अध्ययन प्रक्रिया अघि बढाइने भएको छ ।
संस्कृति, पर्यटन तथा नागरिक उड्यन मन्त्री खडकराज पौडेलले बिहीबार नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) लाई उल्लेखित दुई बिमानस्थल बिस्तारको लागि अध्यन प्रक्रिया अघि बढाउन निर्देशन दिएका हुन ।
मन्त्री पौडेल केही दिन पहिले मात्रै दाङस्थित टरिगाउँ एयरपोर्टको स्थलगत अवलोकन गर्न आएका थिए । त्यसपछि उनले रारा बिमानस्थलको पनि अवलोकन गरेका थिए ।
२०११ सालमा स्थापना भएको मुलुककै पुरानो मध्यको टरिगाउँ एयरपोर्टको धावन मार्ग बिस्तार गरि यहाँ ७२ सिटे बिमान अवतरण गर्न सक्ने बताउनका लागि बर्षौंदेखि कुरा चल्दै आएको छ । यसपाली यो बिमानस्थलको धावन मार्ग बिस्तारका लागि भनेर सरकारले २५ करोड बजेट पनि छुट्याइ सकेको छ ।

क्यानका महानिर्देशक मुकेश डंगोलले रारा विमानस्थलको हकमा आवश्यकताअनुसार वैकल्पिक स्थानमा नयाँ विमानस्थलको सम्भावनाबारे समेत प्राविधिक तथा सम्भाव्यता अध्ययन गरिने भएको छ ।

प्रकाशित मिति : २०८३ असोज ३० गते शुक्रवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *