२०८२ असार २७ गते शनिवार

बिछिप्त मनहरु

बर्षौंपछि ऊनी संग भेट भो
त्यो रिमझिम बर्षाको याम थियो
टुकुटुकु हिड्ने बच्चा साथ थियो
जो आमाको हात छोडी
उछुलकुद गर्न खोजि रहन्थ्यो ।

बालक बसका कोलियाहरुमा
यता उता हिडिरहेथ्यो
ऊनी छोरा लिन केही
पछाडि आइन
हाम्रा आँखा जुधे ।

अरे, तिमी ?
कहाँ थियौ, यतिका बर्ष ?
सायद मेरो आवाज
उनका इन्द्रीयले सहजै ठम्याए
उनी आश्चर्य चकित बनिन्
फनन्क फर्केर हेरिन
एक छिन हेरेको हेरै भइन
मपनि हेरिरहे ।

फेरि चकबके छोरा
उनको हात छुटाउँदै
कोलियामा कुद्न थाल्यो
उनी – आत्तिदै बोलिन
संयोग , रुक
तर, छोरा कहाँ रोकिन्थ्यो
उनी दौडिन बाध्य भइन
थोरै बल लगाइन
दौडिएर छोरा समाउन
उनले भनिन – म तिम्रो
भविश्यको लागि
सहर जाँदैछु ।

म आँफै
ऊनी नजिक पुगे
र सोधे
सरु, यतिका बर्ष
कहाँ थियौै ?
उनका ओठहरु मात्रै फरफर्राए
तर, बोली फुटेन
छोरा फेरि ऊनी बाट
फुत्कन प्रयास गर्न थाल्यो
तन्किदै गरेको छोरालाई
संझाउन बिस्तारै बोलिन
तिमी, ज्ञानी बन्नु पर्दैन,
म रिसाउँछु नि
फेरि अर्कौै पटक
यसरी बसमा ल्याउँदिन नि ।

छोरा ज्ञानी बने जस्तै ग¥यो
कान समाएको अभियन ग¥यो
तोते बोलिमा भन्यो
सरी मामु ।

मैले फेरि साधे
सरु, यतिका बर्ष
तिमी कहाँ थियौ ?
मैले तिम्लाई
कहाँ खोजिन
उनले फेरि पुलुक्क हेरिन
यतिखेर उनको चेहेरामा
रिसहरु नाचिरहे झैं लाग्यो
ऊनी नबोली अर्कौै दिशा फर्किइन
अनि मैले दुस्साहस गरिन
फेरि उनलाई बिथोल्न चाहिन
ऊनी बिस्तारै उठिन
हेर्दै नहेरी
त्यहाँ बाट
छोरा डो¥याउँदै
केही अगाडि बढिन
खाली अर्कौ सिटमा
गइ बसिन ।

केही बेरमा
छोरा पछाडि फर्कियो
मलाई हेर्दै मुस्कुरायो
त्यो निष्पट रातमा
उस्का पोटिला गिजाहरुपनि
मलाई मुस्कुराए जस्लै लागे
अनि उस्ले
देब्रे हातले
फलाइङ किस दियो
मसिना डोला हातहरुले
बाइबाइ ग¥यो ।

म हेरि रहे
आशा थियो
सरुले पनि पक्कै
कुनै इशारा गर्लिन
आँफुलाई पच्छ्याउन भन्लिन
तर, उनी हेर्दाहेर्दै बिलाइन
सिमलतालमा
यात्रु बिलाए जस्तै गरि ।

……..

म खोजी रहेको छु
ती जीवनहरु
छोरा छोरीहरु
बा आमाहरु
दाजु भाइहरु
साँच्ची सिमलतामा
त्रिशुलीले के बगायो ?
गरिबी
आशा
भरोसा
सपना
वा अरु केही ?

आज जताततै
यही बहस छ
कोही भन्छन्
दुई बसहरु बगायो
खराब बाटो पहिरोले बगायो
दोष कस्को थियो ?
इञ्जिनियरिङको
भारी बर्षाको
ठूलो पहिरोको
उर्लिएको त्रिशुलीको ?
कोही भन्छन् –
पहिरो झर्नु गल्ती थियो
त्यो नदेख्नु
चालकको कमजाोरी थियो
समयमै त्यो जोखिम नटार्नु
राज्यको कमजोरी थियो ।

कोही भन्छन् –
के बिपद बाजा बजाइ आउँछ
कोही भन्छन्–
राजनीतिक खराब भयो
शासक खराब भए
हप्ता दिनसम्म
त्रिशुलीले गर्भमा
निलेका लासहरु
फेला पार्न सकेन ।

यस्तै छ हजुर बिडम्बना
यो बीचमा
केही लासहरु फेला परे
प्रियजनका लासहरु
फेला पर्दापनि
आफन्त खुसी हुनुपर्ने
बाध्यता छ ।
ती लास संग
क्षमायाचना गर्दै
अँश्रुधारामा
बगाउन बिवश छन्
खुसीहरु
आशाहरु
भरोसाहरु
सपनाहरु …
त्यसैले
बिछिप्त छन् मनहरु
त्रसिद छन्
त्रिशुलीका यात्रीहरु
थाहाँ छैन
गहिरो त्यो त्रिशुलीले
कहिले सम्म
यसरी मानिसका
भरोसाहरु
सपनाहरु
आफ्नो गर्भमा
निलिरहने हो ?

प्रकाशित मिति : २०८१ साउन ३ गते बिहिवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *