२०७७ असोज १३ गते मङ्गलवार

कविता | “आमा”

बबि बस्नेत,

कविता | “आमा”

दुई अक्षर एक शब्द आमाको परिभाषा खोजिरहे,
कहिले शब्दकोष हेरे त कहिले किताबका पानाहरु पल्टाईरहे तर उम्ह भेटाउन सकिन।
तब बल्ल हेक्का भयो कुनै शब्द किताबका पानामा भन्दा जीवनका पानामा सजिलै पाइदो रहेछ।

मलाई जन्माएर मेरा हत्केलाका त्यी कलिला औउलाहरु,
लडबड लडबड गर्ने त्यी मेरा कलिला खुट्टाहरु अनगिन्ति विषम परिस्थिति पनि साहारा दिदै उभिन सिकाउने,
खोल्सिएका त्यी हात र खुट्टाका छालाहरुमा मायाका मलम लगाउदै रोग भोग शोकबाट टाढा राख्दै मेरो बाबू भनेर सुम्सुम्याउने मेरि आमा हो मेरि आमा नै त हुन् मलाई जन्माउने हुर्क्याउने अनि संसार देखाउने।

म जन्मेको बर्ष,
म जन्मेको महिना,
म जन्मेको बार आफ्नो मानसपटल लिप्त गरि मेरो परिचय दिने समाजमा मेरो अस्तित्व रक्षा गरि छुट्टै पहिचान बनाईदिने सलबलाई रहेका त्यी औलाहरु आत्मसात गर्दै हातमा हात मिलाई अगाडि बढाउन सिकाउने ,

हुर्कदै गरेको मेरो निर्मल मस्तिष्कमा सुनौलो भबिस्यको परिकल्पना गर्न सिकाउने मेरि आमा,
हो मेरि आमा नै त हुन् मलाई जन्माउने हुर्क्याउने अनि संसार देखाउने ।

बर्सौ बर्ष बित्यो,
थुप्रै झरीहरु गए,
बर्षामा पानीको झरीपर्दा पनि मेरि आमको आखाको झरी मनैमन भित्र झर्‍यो बाहिर निकाल्ने चेस्टा पनि गरिनन।

मनैमन भित्रको झरी मनैमन भित बाढी बन्यो तर हिम्मत हारिनन बाढिले बगाएको मन,
जुटको बोरा जस्तै तुन्दैतुन्दै एउटा विशाल भकारी निर्माण गर्ने मेरि आमा,
हो मेरि आमा नै त हुन मलाई जन्मदिने हुर्क्याउने अनि संसार देखाउने।

बबि बस्नेत
तुल्सिपुर-१६ दाङ।

 

प्रकाशित मिति : २०७७ बैशाख ११ गते बिहिवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *