२०८३ भाद्र १२ गते शुक्रवार

विश्व कप क्रिकेट लिग–२ अन्तर्गत नेपालले आज स्कटल्यान्डसँग खेल्दै

काठमाण्डौ ,मंसिर २२ । आईसीसी विश्व कप क्रिकेट लिग–२ अन्तर्गत त्रिदेशीय एक दिवसीय शृङ्खलामा नेपालले आज स्कटल्यान्डसँग खेल्दैछ ।

नामिबिया भ्रमणमा रहेको नेपालले आज चौथो खेल खेल्न लागेको हो ।

नेपाल र स्कटल्यान्डबीचको खेल युनाइटेड क्रिकेट मैदानमा नेपाली समयअनुसार दिउँसो पौने २ बजेदेखि सुरु हुनेछ । यो शृङ्खलामा नेपाल, नामिबिया र स्कटल्यान्ड सहभागी छन् ।

हिजो भएको तेस्रो खेलमा नेपाल नामिबियासँग ८६ रनले पराजित भयो।

त्यस्तै नेपाल र नामिबियाबीच भएको पहिलो खेल वर्षाका कारण नतिजाविहिन हुँदा एकरएक अङ्क बाँडेका थिए ।

अर्को खेलमा नेपाल स्कटल्यान्डसँग ३ विकेटले पराजित भएको थियो । ७ टोली सहभागी विश्व कप लिग–२ मा नेपाल २३ खेलमा १८ अङ्कसहित छैटौँ स्थानमा रहेको छ ।

स्कटल्यान्ड ३१ खेलमा ४४ अङ्ककासाथ शीर्ष स्थानमा छ ।

प्रकाशित मिति : २०७९ मङ्सिर २२ गते बिहिवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *