२०८२ असार ५ गते शुक्रवार

२० वर्षमुनिको एसिया कप फुटबल छनोटमा नेपाल भुटानसँग २–० गोलले पराजित

काठमाण्डौ,भदौ २६ । २० वर्षमुनिको एसियाकप फुटबल छनोटको पहिलो खेलमा नेपाल भुटानसँग पराजित भएको छ ।

बहराइनको शेख अलि विन मोहम्मद अल खलिफा मैदानमा गएराति भएको खेलमा भुटानले नेपाललाई २–० ले हराएको हो ।

भुटानले दुवै हाफमा एकरएक गोल गर्न सफल भयो । खेलको ३३औँ मिनेटमा भुटानका सोनाम छोझाङ र दोस्रो हाफको सुरुमै कर्मा टासी जाम्सोले गोल गरे । खेलको इञ्जुरी समयको अन्तिम मिनेटमा नेपाल १० खेलाडीमा समेटिएको थियो ।

अभिषेक वाइबाले फल गरेपछि रेफ्रीले उनलाई रातो कार्ड दिएका थिए । जितसँगै भुटानले पहिलो खेलमा महत्त्वपूर्ण ३ अङ्क जोडेको छ ।

नेपालले हारबाट प्रतियोगिताको सुरुआत गरेको छ । छनोटको समूह ‘बी’ मा नेपाल, भुटान, कतार, बहराइन र बङ्गलादेश रहेका छन् ।

अब नेपालले दोस्रो खेलमा सोमवार कतारसँग, बिहीवार बहराइनसँग र आउँदो आइतवार बङ्गलादेशसँग खेल्नेछ । समूह विजेताले सन् २०२३ मा उज्वेकिस्तानमा हुने २० वर्षमुनिको एसियन कपमा स्थान बनाउने छ।

प्रकाशित मिति : २०७९ भाद्र २६ गते आइतवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *