२०८१ पुष २९ गते सोमवार

प्रथम दुधेना कप फुटबल सुरु

लक्ष्मण बस्नेत
तुलसीपुर, २२ मंसिर ।
दाङको तुलसीपुरमा प्रथम दुधेना कप फुटबल प्रतियोगिता २०७५ सुरु भएको छ । दुधेना फुटबल क्लव तुलसीपुर उपमहानगरपालिका वडा नम्बर ८ को आयोजनामा सञ्चालन गरिएको प्रतियोगिताको उद्घाटन शनिबार तुलसीपुर उपमहानगरपालिकाका नगर प्रमुख घनश्याम पाण्डेले गरे ।
उद्घाटन समारोहलाई सम्बोधन गर्दै प्रमुख पाण्डेले व्यवसायीक खेलकुद अबको गन्तव्य भएकाले दाङको समृद्धि र पहिचानको रुपमा खेलकुदको विकास गर्नु पर्ने बताए । अबको खेलकुद दाङको पहिचान र गरिमालाई उच्च राख्ने खालको बन्छ, यसका लागि यहाँहरु सबैको उत्तिकै भूमिका आवश्यक छ उनले भने ।

खेलकुद राष्ट्रको शान र गौरवलाई उच्च राख्ने एकमात्र दरिलो माध्यम हो, यसको अपरिहार्यता हामीले बुझेका छौ अब हाम्रो मिसन तुलसीपुरलाई खेलकुदको सहरका रुपमा स्थापित गर्नु हो प्रमुख पाण्डेले भने । वर्षका ३ सय ६५ दिन कुनै न कुनै खेल गतिविधि गर्ने कार्ययोजनाका साथ नगरस्तरीय खेलकुद कार्यविधि बनाएरै गतिविधि अगाडि बढाउने समेत उनले बताए ।

जिल्ला खेलकुद विकास समिति दाङका अध्यक्ष डिल्ली बहादुर डाँगीले मानव स्वास्थ्यसँग प्रत्यक्ष जोडिएको खेलकुदको विकास विना देशको समृद्धि असम्भव रहेको बताए । साथै उनले खेलकुदलाई स्थानीय निकायले दृष्टिकोण साँघुरो भएको बताए । विकास, अनुशासन र गतिशिलतालाई खेलाडीले उच्च आदर्शका साथ पालना गर्ने र राज्यको स्पष्ट लगानी भए खेलकुद क्षेत्रले अपेक्षाकृत फड्को मार्ने उनले बताए ।
तुलसीपुर–९ रहेको गौरीचौर खेल मैदानको व्यवस्थापन तथा ग्रामीणस्तरमा खेलकुदको अभिवृद्धिसँगै नयाँ पिढीलाई फुटबल खेलमा स्थापित गर्ने उद्देश्यका साथ आयोजना गरिएको प्रतियोगितामा १२ टिमको सहभागिता रहेको छ ।

प्रतियोगिताको उपाधी जित्ने टिमले नगद ५० हजार, ट्रफी मेडल तथा प्रमाणपत्र प्राप्त गर्नेछ । त्यस्तै उपविजेता र तृतीय स्थान हात पार्ने टिमले क्रमशः नगद २५ र १५ हजार रुपैयाँ, ट्रफी, मेडल तथा प्रमाणपत्र प्राप्त गर्ने अध्यक्ष विकले बताए । त्यस्तै प्रतियोगिता उत्कृष्ट खेल प्रदर्शन गर्ने खेलाडीमध्ये उत्कृष्ट गोल रक्षक, डिफेन्स, मिडफिल्ड, फरवार्ड, र सर्वाधिक गोलकर्तालाई आकर्षक पुरस्कारको व्यवस्था गरिएको प्रतियोगिता व्यवस्थापक दिपक केसीले जानकारी दिए ।

यसैबीच आयोजक क्लवका अध्यक्ष प्रकाश विकको अध्यक्षता तथा तुलसीपुर उपमहानगरपालिकाका नगरप्रमुख घनश्याम पाण्डेको प्रमुख आतिथ्यमा भएको उद्घाटन समारोहमा तुलसीपुर उपमहानगरपालिका वडा नम्बर ९ अध्यक्ष घनश्याम ढकाल, वडा नम्बर ८ का अध्यक्ष वेदु केसी, जिल्ला फुटबल संघका अध्यक्ष सुशील श्रेष्ठ, तुलसीपुर मेयर कप खेलकुद प्रतियोगिता सञ्चालन समितिका संयोजक अमर नेपाली माईकल, तुलसीपुर उद्योग वाणिज्य संघका उपाध्यक्ष ललितजंग शाहलगायतले बोलेका थिए । कार्यक्रमको सञ्चालन बलीर विकले गरेका थिए ।

प्रकाशित मिति : २०७५ मङ्सिर २२ गते शनिवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *