२०८१ फाल्गुन ६ गते मङ्गलवार

भारतीय क्रिकेट खेलाडी गौतम गम्भिरद्वारा सन्यासको घोषणा

मंसिर १९। भारतीय क्रिकेट खेलाडी गौतम गम्भिरद्वारा सन्यासको घोषणा गरेका छन। भारतीय क्रिकेट टिमका पूर्वसदस्य गौतम गम्भिरले क्रिकेट करिअरबाट सन्यास घोषणा गरेका छन् ।

सामाजिक सञ्जाल फेसबुकमा एक भिडियो पोष्ट गर्दै ३७ वर्षीय गम्भीरले क्रिकेट करिअरबाट सन्यास घोषणा गरेका हुन् । ओपनिङ ब्याटिङको भूमिकामा मैदानमा देखा पर्ने गम्भिरले भारतलाई विश्वकप दिलाउन निकै ठूलो भूमिका खेलेका थिए ।

सन् २००३ मा बंगलादेशविरुद्ध डेब्यु गरेका गम्भिरले भारतका लागि ५८ टेष्ट, १४७ एक दिवसीय अन्तर्राष्ट्रिय र ३७ टी-ट्वान्टी खेलेका छन् । भारतका लागि पछिल्लो पटक सन् २०१६ मा इंग्ल्यान्डविरुद्ध टेष्ट क्रिकेट खेलेका थिए ।
सन्यास घोषणा गर्दै गम्भिरले भनेका छन्, ‘मैले मेरो राष्ट्रको लागि १५ बर्षभन्दा बढी क्रिकेट खेलेँ । अब सन्यास लिन चाहन्छु ।’

प्रकाशित मिति : २०७५ मङ्सिर १९ गते बुधवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *