दाङ, मंसिर ८ । तुलसीपुर नगरजेसिजले आयोजना गरेको ‘स्लो बाईक’रेसको उपाधी एवान कामीले जितेका छन् । सल्यान जिल्लाको रिम निवासी २३ बर्षीय एवान कामीले प्रतियोगितामा प्रथम भएर साँच्चि नै आफुलाई एवान सावित गर्न सफल भएका छन् । प्रतियोगिता जितेका उनले १० हजार नगद पुरस्कार प्राप्त गरे । उनले ५० मिटरको दुरी २ मिनेट ४२ सेकेण्डमा पार गरेका थिए ।
प्रतियोगितामा श्यामु भारद्धाज द्वितीय भए । उनले २ मिनेट २४ सेकेन्डमा उक्त दुरी पार गरेका थिए । त्यस्तै सानीमा बैंक तुलसीपुर शाखाका म्यानेजर योगेश मल्लले १ मिनेट ५६ सेकेन्डमा ५० मिटरको दुरी पारगर्दै तृतिय स्थान हासिल गरेका छन् । दृतिय र तृतियहुने भारद्धाज र मल्लले क्रमशः ५ हजार र ३ हजार नगद पुरस्कार जितेको तुलसीपुर नगर जेसिजका पूर्व अध्यक्ष विमल पौडेलले फकर कोणलाई जानकारी दिए । तुलसीपुर नगरजेसिजले विगत ४ बर्षदेखि ‘स्लो बाईक रेस’ प्रतियोगिता गर्दै आएको छ । शनिवार तुलसीपुरको अरणिको मैदानमा गरिएको प्रतियोगिता नगरजेसिजका अध्यक्ष दिपेश भण्डारीको अध्यक्षता र ट्राफिक प्रहरी कार्यालय तुलसीपुरका प्रमुख चन्द्रबहादुर केसीको प्रमुख आथित्यमा भएको थियो । ४२ जना सहभागि प्रतियोगिता ५० मिटरको दुरीमा गराइएको थियो ।
युवाहरुको प्रतिभा प्रष्फुटित गराउने उदेश्यले नगरजेसिजले स्थापना कालदेखि नै तुलसीपुरमा यो प्रतियोगिता आयोजना गर्दै आएको छ ।