२०७९ मङ्सिर १६ गते शुक्रवार

टर्कीको एउटा व्यस्त सडकमा विस्फोट हुँदा ६ जनाको ज्यान गयो

एजेन्सी । टर्कीको एउटा व्यस्त सहरमा विस्फोट हुँदा कम्तीमा ६ जनाको ज्यान गएको छ ।

इस्तानबुल सहरको व्यस्त सडकमा भएको विस्फोटमा परेर ८० जनाभन्दा धेरै घाइते भएका बीबीसीले जनाएको छ । टाक्सिम क्षेत्रको इस्टिकलाल एभेन्युमा विस्फोट हुँदा मानिसहरुको भागदौड मच्चिएको थियो ।

सरकारी समाचार निकाय एनादोलुले विस्फोटको कारण थाहा हुन नसकेको जनाएको छ । इस्तानबुल सहरको सरकारी वकिलको कार्यालयले विस्फोटको अनुसन्धान सुरु गरेको छ ।

छानबिन टोलीमा पाँच जना सरकारी वकिल नियुक्त गरिएको कार्यालयका सञ्चार निर्देशकले जानकारी दिका बीबीसीले जनाएको छ ।

इस्तानबुल क्रिमिनल कोर्ट अफ पिसले विस्फोटसँग सम्बन्धित सबै श्रव्यदृश्य सामग्रीको प्रसारणमा प्रतिबन्ध लगाएको छ । ती सामग्री मिडियादेखि सामाजिक सञ्जालबाट समेत हटाउन निर्देशन दिएको छ ।

लस्करै पसल र रेस्टुरेन्टहरु रहेको इस्टिलाल एभेन्यु पर्यटकलगायत स्थानीय माझ लोकप्रिय रहेको छ।

प्रकाशित मिति : २०७९ कार्तिक २८ गते सोमवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published.