जाकार्ता, पुस १३। इण्डोनेसियाको पपुवा बरात प्रान्तमा शुक्रबार ६.१ म्याग्नीच्युडको भूकम्प गएको भूगर्भ विभागले जनाएको छ । यस भूकम्पपछि सुनामी आउने चेतानी भने दिइएको छैन । स्थानीय समयानुसार शुक्रबार बिहान १०ः०३ मा सो भूकम्प आएको सो संस्थाले जानकारी दिएको छ ।
सो भूकम्पको केन्द्रविन्दु उत्तरपूर्वी प्रान्त मोनोक्बारीमा रहेको र २६ किलोमिटर गहिराइको रहेको पनि भौगर्भिक संस्थाका अधिकारी मुहमद फादिलाले बताउनुभयो । तर सुनामीको चेतावनी भने दिइएको छैन ।
तर यस भूकम्पपछि मानवीय र भौतिक क्षतिको भने कुनै विवरण प्राप्त नभएको इण्डोनेसिया राष्ट्रिय प्रकोप व्यवस्थापनका प्रवक्ता सुटोपो पुर्वो नुग्रोहोले बताए ।
प्रकाशित मिति : २०७५ पुष १३ गते शुक्रवार