२०८१ माघ ९ गते बुधवार

कारबाहीमा बाह्र लडाकू मारिए र १८ पक्राउ

अफगानिस्तान, मङ्सिर  १९। अफगानिसतानको पूर्वी प्रान्तमा सरकारी सुरक्षाबलले तालिबान लडाकूविरुद्ध गरिएको कारबाहीको क्रममा १२ मारिनुको साथै अन्य १८ पक्राउ परेका छन् । प्रान्तीय सरकारका प्रवक्ता आरेफ नुरीले बुधबार सो जानकारी दिए ।

खोगीआनी जिल्लाको कैयौ गाउँमा लुकेर बसेका तालिबान आतङ्ककारीलक्षित गत २४ घण्टाभित्र गरिएको हवाई र स्थल कारबाहीमा ती लडाकू मारिनुको साथै पक्राउ परेका नुरीले थप जानकारी दिए ।

साथै यस कारबाहीको क्रममा अन्य चार लडाकू घाइते भएका सुरक्षा स्रोतले जानकारी दिएको छ । पक्राउ परेका १८ तालिबान लडाकूहरुलाई अनुसन्धानको लागि काबुल लगिएको सरकारी अधिकारीहरुले जानकारी दिएका छन् । एजेन्सी

प्रकाशित मिति : २०७५ मङ्सिर १९ गते बुधवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *