२०७७ कार्तिक १४ गते शुक्रवार

सङ्क्रामक रोगबाट चीनमा दुई हजारको मृत्यु

बेइजिङ, मङ्सिर ९ । सङ्क्रामक रोगका कारण चीनमा गत एक महिनामा दुई हजारभन्दा बढीको मृत्यु भएको छ । हालै सार्वजनिक भएको एक तथ्याङ्कअनुसार गत अक्टोबर महिनामा मात्रै सङ्क्रामक रोगका कारण दुई हजार १३८ जनाको मृत्यु भएको हो ।

राष्ट्रिय स्वास्थ्य आयोगलाई उद्धृत गर्दै हेल्थ न्युजले लेखेको समाचारमा अक्टोबरमा छ लाख चार हजार २८२ जनामा सङ्क्रमण देखिएको थियो । मृत्यु भएकामध्ये ९३ प्रतिशतको ख वर्गका सङ्क्रामक रोगहरु हेपाटाइटिस, क्षयरोग, सिफिलिस, गोनोरियाका कारण भएको आयोगको भनाइ छ ।

नोभेम्बर महिनामा हैजाका बिरामी एकजना मात्रै भेटिएका थिए । चीनमा हैजा र प्लेगलाई मुख्य सङ्क्रामक रोगको सूचीमा राखिएको छ । चीनमा क वर्गको सङ्क्रामक रोगमा हैजा र प्लेगलाई राखिएको छ । एजेन्सी

प्रकाशित मिति : २०७५ मङ्सिर ९ गते आइतवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *